चितवनः जिल्ला प्रशासन कार्यालय चितवनले आजबाट लागु हुने गरि ई पासको व्यवस्था गरेको छ । कोरोना भाईरसको संक्रमणका कारण रज्यले गरेको लकडाउन(बन्दावन्दी)को समयमा अत्याबश्यक काममा जानेहरुले मोवाईको म्यासेज बक्समा गई पास लेखि १११२ मा पठाउनु पर्ने छ । एसएमएस गरिएको मोवाईलको ईनबक्समा एउटा लिंक सहितको सुचना आउने चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र पसाद शर्माले जानकारी दिनुभयो ।
शर्माका अनुसार सो लिङ्कमा दवाएर आफ्नो बिबरण, समय अबधि, सारी साधनको बिबरण भरि सहयोगि काजगपत्रहरु राखि बुझाउनुहोस भन्ने वटम थिचि पेश गर्नु पर्ने छ । अनुरोध पेश गरेका व्यक्तिहरुलाई जिल्ला प्रशासन कार्यालयले पास बितरण मापदण्डको आधारमा दिने वा नदिने निर्णय गर्ने उहाँले जानकारी दिनुभयो । सो को जानकारी समेत मोवाईलमा आउने छ ।
अनलाईन अनुरोध स्विकृत भएमा ६ अंकको कोड आवेदकले पाउनेछन् । सोही कोड नै सवारी अनुमति पास हुने उहाँले बताउनुभयो ।