चितवनः सवारी चापका कारण मर्मत सम्भार गर्न नसकीएको त्रिभुबन राजपथको नौबिसे पिप्लामोड सडकको मर्मत सम्भारको काम थालिएको छ । लकडाउनको समयमा अत्याबश्यक बाहेकका सवारी साधन नगुड्ने भए पछि सो सडकको मोड सुधारको काम थालिएको छ ।

सो क्षेत्र हेर्दै आएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई. कृष्णराज अधिकारीका अनुसार दुई दिन अघिबाट घुम्तीहरुमा मोड सुधारको काम थालिएको छ । सो सडक खण्डको १० किलोमिटर क्षेत्रमा माथिल्लो तहमा कालोपत्रे (ओभरले) गर्ने तयारी गरिएको छ । कालोपत्रेका लागि अलकत्रा घोल्ने मेसिन(प्लान्ट) लगिसकीएको छ ।

अधिकारीले ठेकेदार कम्पनिले ओभरलेका लागि तयारी गरिरहेको जानकारी दिनुभयो । सो सडक सात मिटर फराकीलो रहेको छ । लकडाउनको समयमा काम गर्न पाएमा दुई साता भित्रमा सबै काम सम्पन्न हुने उहाँको भनाई छ ।

गएको दशैं अगाडी एकतर्फी सडक रोकेर मर्मत गर्दा सवारी जाम अत्याधिक भए पछि काम गर्न सकीएको थिएन । अधिकारीले भन्नुभयो “असोजको ५ गते सम्म दिउँसोमा केही समय एक तर्फी सवारी रोकेर काम गर्दा तीन दिन पछाडी सम्म सवारी जाम गरेपछि काम स्थगन गरेका थियौं ।” सो सडक खण्ड राजधानी काठमाडौं प्रबेश गर्ने र वाहिरीने मुखय नाका हो ।

साँघुरो, उकालो र नागबेली सडक भएकाले सवारी जाम अत्याधिक हुने गर्दछ । सवारी साधनहरु संञ्चालन भएको समयमा काम गर्न निकै कठिन हुने गरेकाले लकडाउनको अबसर उपयोग गर्न लागिएको हो ।

डिभिजन सडक कार्यालयले लकडाउनलाई उपयोग गर्दै पृथ्वी राजमार्गमा रोड मार्कीङ्को काम पनि सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस !