काठमाडौंः काठमााडांमा कोरोनाको आशंका गरिएका तीन जना मध्य दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ ।

उनीहरु २८ दिनअघि बेलायतबाट नेपाल फर्किएका थिए । सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।
एकको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।
यो संगै नेपालमा कोरोनाको संक्रमण १६ जनामा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !