काठमाडौंः कोरोना भाइरस (कोभिड–१९)बाट विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख १९ हजार ५९५ पुगेको छ । मंगलबारसम्म कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा २३ हजार ६१८ जनाको मृत्यु भएको छ । इटालीमा २० हजार ४६५ जनाको मृत्यु हुँदा कोरोना कारण स्पेनमा १७ हजार ७५६ जनाले ज्यान गुमाइसकेका छन् ।
फ्रान्समा १४ हजार ९६७ जनाको ज्यान गइसकेको छ भने बेलायतमा ११ हजार ३२९ जनाको ज्यान गइसकेको छ ।
१३ लाख ६० हजार १७० कोरोना संक्रमितको अहिले उपचार भइरहेको छ । जसमध्ये ५१ हजार ७४८ को अवस्था गम्भीर रहेको छ ।