चितवनः दक्षिण पूर्व एशिया तथा प्रशान्त क्षेत्रमा कार्यरत चार देशका नेपाली राजदुतहरुले एक महिनाको तलब नेपाल सरकारद्वारा स्थापन गरिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग गर्ने भएका छन् । मलेसियाका उदयराज पाण्डे, बर्माका भिमकुमार उदाश, अष्ट्रेलियाका महेशराज दाहाल र थाईल्याणका गणेशप्रसाद ढकालले एक महिनाको तलब कोषलाई दिने अष्टे«लियका राजदुत दाहालले जानकारी दिनुभयो ।
दाहालका अनुसार चार देशका राजदुतहरुको सामुहिक निर्णय भएको हो । यस्तै आ आफ्नो कार्यक्षेत्रमा रहेका नेपालीहरुलाई कोरोनाको संक्रमण हुन नदिन उच्च सतर्कता चरावटै देशका राजदुताबासले अपनाई रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !