भारतमा २४ घण्टामा ५ सय वढि संक्रमित

मुम्बईः भारतमा गएको २४ घण्टामा ५०८ जनामा कोरोनाको संक्रमण देखिएको छ । बीबीसी हिन्दीका अनुसार अब भारतमा कोरोना संक्रमितको संख्या ४ हजार ७८९ पुगेको छ ।

१२४ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । गएको २४ घण्टामा कोरोनाका कारण १३ जनाको मृत्यु भएको बीबीसी हिन्दीले समाचारमा उल्लेख गरेको छ ।
सोमबार भारतमा ७०४ जना कोरोनाका नयाँ संक्रमित भेटिएका थिए ।