चितवनः नवलपुर जिल्लामा कारागार नहुँदा त्यहाँका कैदी बन्दी कारागार कार्यालय चितवन ल्याउने गरिएको छ । कोरोना भाईरस (कोभिड १९)को संक्रमणका कारण नयाँ ठाउँका कैदी बन्दी आउँदा यहाँ रहेकामा त्रास थपिएको छ ।

कारागार कार्यालय चितवनका प्रमुख कमल प्रसाद काफ्लेका अनुसार मुलुक बन्द यता नवलुर जिल्ला अदालतबाट आदेश भई ११ जना कैदी बन्दी यहाँ आएका छन् । काफ्लेले भन्नुभयो “कम क्षमतामा खाँदीएर बस्न बाध्य यहाँका कैदी बन्दी बाहिरको आए पछि निकै डराएका छन् ।” काफ्लेले अब यहाँ नपठाउन अनुरोध समेत गरेको बताउनुभयो ।

२ सय ५५ जना क्षमता भएको यहाँको पुरुष बन्दी गृहमा ६ सय ६८ जना रहेका छन् । २५ जनाको क्षमता रहेको महिला गृहमा ३ आश्रीत बालिका सहित ५८ जना रहेका छन् । साँघुरो ठाउँमा बाहीरबाट आउनेले रोग ल्याएमा सबै संक्रमित हुने भएकाले सबै डराएका हुन ।

यस संक्रमणको समयमा समेत दरवन्दि रहेर पनि स्वास्थ्य कर्मी छैनन् । काफ्लेका अनुसार कारागारमा एक जना अहेबको दरवन्दि रहेको छ । रोगको संक्रमण नहोस भन्नका लागि कैदी वन्दीका आफन्तहरुलाई भेटघाट वन्द गरिएको छ भने भित्रै १५ शैयाको क्वारेन्टाईन स्थापना गरिएको छ ।
सर्बोच्च अदालतले एक बर्ष सम्म कैद तोकीएकालाई बाँकी समयको कैदको रकम भूक्तानी गरि छाड्ने आदेश गरेको छ । यस कारागारमा ३८ जना त्यस्ता कैदी रहेका छन् । ती मध्ये १६ जनाले मात्र यो सुबिधा प्रयोग गरेका छन् । काफ्लेको भनाईमा बाँकी कैदको दैनिक रु ३ सय र फैसलाको समयको जरिवाना तिर्न नसक्दा अन्य छुट्न नपाएका हुन ।

प्रतिक्रिया दिनुहोस !