चितवनः केन्द्रिय अस्पताल भरतपुर अस्पताल परिषरमा रहेको दिदिबहिनी फाष्टफुडले बेसहारालाई निःशुल्क खानाको व्यवस्था गरेको छ । अस्पतालमा उपचारका लागि आउने विपन्न विरामीलाई निःशुल्क खानाको व्यवस्था गरेको हो ।

कोरोना संक्रमणको सन्त्रासले विश्व नै आक्रान्त भइरहेको र नेपालमा मुलुक बन्दको अवस्थामा अस्पतालको क्यान्टिनले निःशुल्क खाना खुवाउन सुरु गरिएको संचालक उपेन्द्र पण्डितले जानकारी दिनुभयो ।

सरकारले घोषणा गरेका मुलुक बन्दको अवधिभर अस्पतालले बेसाहारा मानेर निशुल्क उपचार गराएका बिरामीका लागि आफूले निशुल्क खानाको व्यवस्था गरेको उहाँको भनाई छ । ‘अस्पतालले कुनै बिरामीलाई बेसाहारा मानेर निशुल्क उपचार गरेको छ भने त्यस्ता बिरामीलाई हामी यो अवधिभर खाना पनि निशुल्क नै ख्वाउँछौं, अन्य सबै बिरामी र कुरुवाका लागि समेत हाम्रो क्यान्टीन खुल्ला छ, यो बेला सकेको गर्छौं,’ संचालक पण्डितले भन्नुभयो । उहाँले विपतको समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क खाना खुवाएको जानकारी दिनुभयो ।

यो अवधिमा क्यान्टीनमा आउनेहरुले सामाजिक दूरी कायम गरेरै बस्नु पर्ने छ । क्यान्टीनमा खाना अर्डर गर्न र पैसा तिर्न समेत दूरी निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !