काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले बाहिरी मुलुकबाट स्वदेश फर्किएका नागरिकलाई क्वारेन्टाइनसम्म पुग्ने व्यवस्था मिलाउन मातहतलाई निर्देशन दिएको छ ।

तरुण दलले मंगलबार बिहान नौ बुँदे परिपत्र जारी गर्दै जिल्ला कार्यसमितिहरुलाई स्थानीय प्रशासनसँग समन्वय गरेर स्वदेश फर्किएका नागरिकलाई क्वारेन्टाइनमा पुग्ने वातावरण मिलाउन निर्देशन दिएको हो ।
अध्यक्ष जीतजंग बस्नेतले जिल्ला कार्यसमितिहरुलाई सरकारले लागु गरेको लकडाउनको पूर्णपालना गर्न र गराउन आवश्यक भूमिका निर्वाह गर्न पनि परिपत्रमार्फत निर्देशन दिएका छन् ।

“सरकारद्वारा एक साता अघिदेखि सुरु गरिएको लकडाउन आगामी चैत्र २५ गतेसम्मका लागि थप गरिएको छ । यस अवधिमा दैनिक जनजीवन थप कठिन बन्ने सम्भावना रहन्छ,” परिपत्रमा भनिएको छ, “यस्तो अवस्थामा स्थानीय प्रशासनसँग अनुमति लिई र नियम क्रियाकलापमा सहजीकरण गर्न÷गराउनका लागि जिल्ला अध्यक्षज्यूहरुलाई यो परिपत्र गरिन्छ ।”

प्रतिक्रिया दिनुहोस !