चितवनः सर्बदलिय विपत राहत कोष चितवनले भरतपुर अस्पताललाई आज ५० सेट पिपिई उपलव्ध गराएको छ । राहत कोषका तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, तत्कालिन राप्रपाबाट कोषमा प्र्रतिनिधित्व गर्ने बद्रि तिमिल्सीनाले सो सामाग्री नेपाल चिकित्सक संघ मार्फत भरतपुर अस्पताललाई प्रदान गर्नु भएको हो ।
राहत कोषका तर्फबाट उपलव्ध पिपिई ग्रहण गर्दै भरतपुर अस्पतालमा प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले बिपतको समयमा चिकित्सकहरुलाई आबश्यक सुरक्षाका सामाग्रिहरुको सहयोग गरेकोमा कोष प्रति धन्यबाद प्रकट गर्नुभयो ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले सबैको सहयोगले जोखिम संग लड्न सहज हुने बताउनुभयो ।
कोषका तर्फबाट बोल्दै नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले भरतपुर अस्पतालमा कोरोनाका बिरामीहरु धेरै आउने र चिकित्सक, स्वास्थ्य कर्मी उपचारमा डराउने गरेको भन्दै मनोवल उच्च बनाउनका लागि पिपिई सहयोग गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “जस्तो सुकै संकटमा पनि राजनैतिक दलहरु तपाईहरुको साथमा रहेका छन्् ।” कोषमा रहेको रु २ लाख रुपैंयाबाट ती सामाग्री खरिद गरेर हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।
जिल्लाका राजनैतिक दल संगै बिभिन्न संघ संस्थाहरुको पहलमा यस अघि बिपतका समयमा संकलन गरि बितरण गरेर बाँकी रहेको रकम सहयोग गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !