चितवनः उद्योग वाणिज्य संघ चितवनले अत्याबश्यक बाहेकका सबै उद्योग कलकारखाना, बजार बन्द गर्न आब्वहान गरेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण अतिआवश्यक बाहेकका आन्य सबै बन्द गर्न अपिल गरिएको हो ।
संघका अध्यक्ष राजु श्रेष्ठद्धारा आज जारी विज्ञप्तीमा राजपत्रमा उल्लेखित अतिआवश्यक सेवा बाहेकका सबै उद्योगधन्दा, व्यापार, व्यवसाय चैत २१ गतेसम्मका लागि बन्द गर्न अपिल गरिएको छ ।
यस्तै संघले अत्यावश्यक वस्तु तथा सेवा प्रदायक उद्योगी व्यवसायीहरुले आफू स्वंमको समेत स्वास्थ्य सुरक्षाको सतर्कतामा ध्यान दिँदै सेवा सञ्चालन गरिदिन र अनावश्यक सामग्री भण्डारण नगर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस !