चितवनः जग्गा किन्न आएका गुल्मीका दुई जना लुटीएका छन् । पूर्बी चितवनको खैरहनी नगरपालिकामा आज रु ९ लाख सहित जग्गा किन्न आएका दुई जना लुटिएका हुन् । गुल्मीको सत्यवर्ती गाउँपालिका वडा नम्बर ६ का ३१ वर्षिय नारायण घर्ती र ३० वर्षिय पदम घर्ती लुटिनुभएको हो ।
उहाँहरुलाई खैरहनी नगरपालिकामा जग्गा खरिद गरिदिने भन्दै अनिल राई नामका व्यक्तिले बोलाएको र उनैले पैसा लुटेको पिडितले जनाएका छन् । राईले जग्गा बैना गर्ने भनी मालपोत कार्यालय बोलाएको र पछि फेरी मगनी चोकबाट दुई सय मिटर भित्र वोलाएर लुटेको प्रहरीले जनाएको छ ।
राईले पैसा भएको झोला लिएर मोटरसाईकलमा भागेको प्रहरीले जानकारी दिएको छ । उनको खोजी कार्य भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस !