
चितवनः कारागारमा कोरोन भाईरसको संक्रमण हुन सक्ने भन्दै भेटघाटमा आउने आफन्तहरुलाई कडाई गरिएको छ । कारागार कार्यालय भरतपुरका प्रमुख कमल प्रसाद काफ्लेका अनुसार कारागारमा रहेका कैदी बन्दीका आफन्तहरुलाई भेटघाट र प्रबेशमा कडाई गरिएको हो ।
भेटघाटका लागि दैनिक १ सय देखि २ सय जना सम्म आउने गरेका छन् । उनीहरुलाई अनिवार्य माक्स लगाउनु पर्ने र भेटघाट र कुराकानी गर्दा केही दुरीमा रहेर गर्न आग्रह गरिएको उहाँले जानकारी दिनुभयो । कारागारको क्षमता भन्दा बढि कैदी बन्दी रहेका कारण संक्रमण चाँडो फैलन सक्ने भएकाले कडाई गरीएको हो ।
२५ जना महिलाको क्षमता भएको कारागारमा ५६ जना र ४ जना आश्रीत बालबालीका रहेका छन् । यस्तै २ सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दी गृहमा ६ सय ८२ जना रहेका छन् । धेरै जना सानो स्थानमा बस्नुपर्ने बाध्यता भएका कारण संक्रमण भएमा चाँडो फैलने भएकाले कडाई गर्नु परेको उहाँले जानकारी दिनुभयो ।
मौषममा आएको परिवर्तन संगै अन्य रोगहरुको संक्रमण समेत वढ्ने खतरा भएको भन्दै उहाँले कारागारका कैदी बन्दीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै भेटघाटका लागि आउनेलाई कडाई गरिएको बताउनुभयो ।