चितवनः सरकारी गाडीको दुरुपयोग गर्नु कुनै नयाँ कुरा होईन । शक्तिको आडमा सरकारी सवारीसाधनको दुरुपयोग गर्ने अधिकृत देखि उच्च तहका व्याक्तिहरुमा होडबाजिनै छ ।
सार्वजनिक विदाको दिन होस वा कुनै बिहे वर्तनमा जाँदा सरकारी अधिकारीहरु सरकारले दिएको सवारी साधन प्रयोग गर्ने गरेका छन् । जसलाई सर्बसाधारणले राम्रो मान्न सकेका छैनन् ।
आज यस्तै घटना चितवनमा भेटिएको छ । प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव (गृह सचिव) शंकर प्रसाद खरेल सरकारी गाडी चढेर चितवन जन्ती आएका छन् । अङ्ग रक्षकसहित लु१झ ४११ नम्बरको सरकारी गाडी चढेर चितवनमा जन्ती आएका हुन । भरतपुर महानगरपालिका वडा नम्बर ९ सरदपुरमा रहेको रोज गार्डेनमा खरेलको गाडी आएको थियो ।
प्रदेश ५ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयको गाडी लिएर खरेल आज चितवनको भरतपुर ९ मा रहेको रोज गार्डेन पार्टी प्यालेसमा जन्ती आएका थिए । अङ्ग रक्षक सहित सरकारी गाडीमा जन्ती आएको प्रहरीमा उजुरी परेपछि गाडी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । खरेल चढ्ने सरकारी स्कर्पियो भ्यान सहित उनका निजी अङ्ग रक्षक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको भएपनि अङ्ग रक्षकलाई भने छोडेको छ ।