चितवनः राष्ट्रसेवक कर्मचारीहरुका लागि सकारात्मक चिन्तन र अभिप्रेरणात्मक अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कर्मचारी मिलन केन्द्र चितवनको आयोजनामा आज यहाँ सम्पन्न कार्यक्रममा पूर्ब सचिब कृष्णहरी बास्कोटाले प्रशिक्षण दिनुभएको थियो ।
बास्कोटाले कर्मचारीको ईमान्दारीता र लगनशिलताले लक्ष्यमा पुर्याउन सहयोग पुग्ने बताउनुभयो । कर्मचारीमा ईमान्दारीता र लगनशिलता नभए देशले सम्बृद्धि प्राप्त गर्न नसक्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो“कर्मचारीको लगनशिलताले मात्र देशले सम्बृद्धि प्राप्त गर्न सक्छ ।” कर्मचारी जनताको सेवक भएका कारण जनतालाई उच्च प्रथामीकतामा राखेर काम गर्न जरुरत रहेको बास्कोटाले बताउनुभयो ।
सेवाग्राहीलाई सेवा प्रदान गर्दा सकारात्मक सोचका साथ गर्नु आवश्यक रहेको भन्दै उहाँले कर्मचारीहरुलाई नकारात्मक सोच हटाउन आग्रह गर्नुभयो । व्यक्तित्व बिकासमा पनि सकारात्मक सोचले सहयोग गर्ने उहाँले बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, कर्मचारी मिलन केन्द्र चितवनका अध्यक्ष महेन्द्र प्रसाद पोख्रेल लगाएतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !