नेपालको दोस्रो हार

काठमाण्डौंः नेपालले एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा लगातार दोस्रो हार बेहोरेको छ । कम्जोर ब्याटिङका कारण नेपालले हार बेहोर्नु परेको हो ।
थाइल्याण्डमा जारी प्रतियोगिताको आफ्नो दोस्रो खेलमा आज नेपाल हङकङसँग ४३ रनले पारजित भएको हो । १५५ रनको लक्ष्य पछ्याएको नेपाल १८.१ ओभरमा १११ रनमै अलआउट भयो ।