
चितवनः बाह्रौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिता यहि फागुन २४ र २५ गते हुने भएको छ । जिल्ला खेलकुद बिकास समिति चितवनको आयोजनामा भरतपुरको गेष्टहाउस चौरमा खेल हुन लागेको हो ।
समितिका कार्यालय प्रमुख रामजी ढकालका अनुसार महिला र पुरुषको एथलेटिक्स, भलिबल, कवड्डि, तेक्वान्दो, कराँते र उसु खेल हुने छन् । १८ वर्ष भन्दा कम उमेरका जिल्लाका सात स्थानीय तहमा छनोट भएका खेलाडी बिचमा खेल हुने छ ।
यहाँ बिजयी खेलाडी प्रदेशमा खेल्न पाउने छन् । प्रदेशबाट छनोटमा परेकाहरु बिचमा संघमा प्रतिशपर्धा हुने छ । स्थानीय तहहरुमा पुष २७ गतेबाट सुरु भएको खेल माघ २२ गते सकीएको थियो । प्रतियोगितामा एउटा स्थानीय तहबाट १ सय १५ जना खेलाडी छनोट भएका छन् । कक्षा १२ सम्मका बिद्यार्थीहरुका बिचमा प्रतशपर्धा हुने छ ।
जिल्लामा एउटा महानगरपालिका, एउटा गाउँपालिका र पाँच नगरपालिका रहेका छन् ।