चितवनः नेपाली काँग्रेस चितवनले माडीका स्थानीयहरुको मागहरुलाई लिएर अनसन बस्नु भएका माडी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष कृष्ण पौडेलेको आन्दोलनलाई समर्थन गर्दै सान्तिपूर्ण प्रदर्शन गरेको छ । काँग्रेस चितवनले घोषणा गरेको चरणबद्ध आन्दोलनका कार्यक्रम अन्तगृत आज दिउँसो एक घण्टा चक्काजाम गरेको हो ।
दिउँसो १ वजे देखि २ वजे सम्म भरतपुरको चौबिसकोठीमा चक्काजाम गरिएको थियो । चक्काजाम पछि आयोजित कोण सभालाई सम्बोधन गर्दै काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले अनसनरत वडा अध्यक्षको माग सम्बोधन नभए काँग्रेस चितवनले अनिश्चित कालिन जिल्ला बन्द गर्ने बताउनुभयो । माडी बासिहरुको मागका बिषयमा सरकार र सो क्षेत्रका जनप्रतिनिधिहरु सकारात्मक नभए काँग्रेसले जस्तो सुकै आन्दोलन गर्न पनि पछि नहट्ने उहाँले बताउनुभयो ।
पौडेलको समर्थनमा काँग्रेस चितवनले भोलि(म)गलबार) विहान १२ः ३० वजे देखि १ः३० वजे सम्म जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना बुधबार साँझ ६ वजे लायन्सचोक देखि पुलचोक सम्म मसाल जुलुस र बिहीबार जिल्ला बन्दको आब्हान गरेको छ ।
पौडेलले माडी बासिको मागहरु राख्दै यहि फागुन ७ गते देखि माडीमा आमरण अनसन बस्नु भएको छ । अनसनको आज ६ दिन पुग्दा उहाँको स्वास्थ्य अबस्थामा समस्या आएको कारण उहाँलाई उपचारका लागि भरतपुर अस्पतालमा ल्याईएको छ । उहाँको स्वास्थ्यमा बिभिन्न समस्या देखिएको छ ।

राष्ट्रिय निकुञ्ज ऐन २०२९ लाई जनपक्षीय बनाउनु पर्ने उहाँको माग छ । राष्ट्रिय निकुञ्ज सम्बन्धी २०२९ को बिनियम संसोधन गर्न बनेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ९पाँचौ शंसोधन० नियमावली २०७६ ले माडी जस्तो बहुउपेक्षित क्षेत्रलाई खासै सम्बोधन गर्न नसकेको हुँदा मानव अधिकार सहितको संरक्षणका लागि पुनः शंसोधन हुनुपर्ने, बाँदरझुला साथै अमिलियाको उचित व्यवस्था गरिनु पर्ने, मानव वन्यजन्तु द्वन्द्व निवारणका लागि ठोस रुपमा वन र बस्तीबीच वैज्ञानिक संरचना बनाउनुपर्ने साथै उत्तरी सीमानामा पर्ने रीउ खोला कोरिडोरको निर्माण व्यवस्थित गरिनुपर्ने माग रहेका छन् ।
यस्तै लागत तथा उत्पादनको आधारमा वालीको क्षतीपूर्तिको व्यवस्था गरिनु पर्ने, कसरादेखि वनकट्टा साथै बगहीदेखि बाँदरझुलासम्म बाटो पूर्णरुपमा स्तरोन्नति गरी चौबिसै घण्टा आवत जावतको व्यवस्था गरिनुपर्ने, माडी नगरपालिकालाई कृषि, पर्यटनको केन्द्रको रुपमा विकास गर्न बिशेष योजना ल्याईनु पर्ने, प्राकृतिक श्रोत साधनमा पूर्ण रुपमा स्थानीय निकायको अधिकार हुनुपर्ने मागहरु उहाँका छन् ।

प्रतिक्रिया दिनुहोस !