चितवनः भ्रमण वर्षको अबसरमा भरतपुर घुम्ने निम्तो दिदैँ भरतपुर महानगरपालिकाले आज कार ¥यालीको आयोजना गरेको छ । भरतपुरबाट लुम्बिनी सम्म कार ¥यालीको आयोजना गरिएको हो । नारायण्र्री नदी किनारमा चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोख्रेल, प्रूदेश सभा सदस्य घनश्याम दाहाल, बिजय सुवेदी र महानगर प्रमुख रेनु दाहालले संयुक्त रुपमा ¥यालीको शुभारम्भ गर्नु भएको हो ।
¥यालीमा एक सय ५४ वटा कार सहभागी भएको प्रमुख दाहालका प्रेस सल्लाहाकार सुरेशचन्द्र अधिकारीले जानकारी दिनुभयो । ¥यालीमा सहभागीलाई लुम्बिनी साँस्कृतिक नगरपालिकाले स्वागत गर्ने छ । ¥यालीलाई गैंडाकोट नगरपालिका, बुटवल उपमहानगरपालिका लगाएतका स्थानीय तहहरुले स्वागत गरेका थिए ।


महानगर प्रमुख दाहालले लुम्बिनी घुम्न आउने पर्यटकलाई भरतपुर महानगरका पर्यटकीय गन्तव्यहरुरुमा आकर्षण गर्ने उद्देश्यले प्रचार प्रसार गर्न ¥यालीको आयोजना गरिएको जानकारी दिनुभयो । ¥यालीमा जनप्रतिनिधि, उद्योगि व्यवसायी, पत्रकार, पर्यटन व्यवसायीहरु लगाएत पाँच सय भन्दा वढिको सहभागिता रहेको जनाईएको छ ।
भरतपुर महानगर भित्र २९ वटा मुख्य पर्यटकीय गन्तव्यहरु पहिचान गरिएको छ । मेघौली, पटिहानी, बीसहजारी ताल, देवघाटधाम, ज्ञानेश्वरब्लक, नारायणी नदी बीच मोडेल तथा चौकी डाँडा महानगरको प्रमुख ७ केन्द्र रहेका छन् ।

संघीय सरकारको १०० गन्तव्यहरुमा सूचिकृत बीसहजारी ताल, पटिहानी तथा बागमती प्रदेश सरकारको १० पर्यटकीय गन्तव्य मध्ये सूचिकृत मेघौली पनि महानगरभित्रै पर्दछ । महानगरले पर्यटन प्रबर्धनका लागि चालु आर्थिक वर्षमा ३२ वटा क्रियाकलाप गर्ने योजना बनाएका मध्ये हालसम्म १० वटा कार्यक्रम सम्पन्न भईसकेका प्रमुख दाहालले जानकारी दिनुभयो ।

भ्रमण वर्षलाई लक्षित गर्दै महानगर भित्रर रहेका पर्यटकीय होटलहरुमा बिशेष छुटको कार्यक्रम समेत सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !