चितवनः मनकामना अस्पताल भरतपुरले कोरोना भाईरस सम्वन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा रहेको सामुदायीक सिकाई केन्द्र अन्तर्गतका महिलाहरुलाई यस रोग सम्बन्धि जानकारी गराईएको हो ।
अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले रोगको बारेमा जानकारी गराएका थिए । जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अस्पतालका निर्देशक ध्रुर्ब काफ्ले, गौरीगञ्ज स्वास्थ्यय चौकी प्रमुख ईश्वरा तिवारी, शारदानगर स्वास्थ्य चौकी प्रमुख बद्रि खकुराल, अस्पतालका नर्सिङ मिरा धिताल लगाएतले कोरोना भाईरसका बारेमा जानकारी गराउनु भएको थियो ।
सो क्रममा छाती पेट तथा मधुमेह रोग विशेषज्ञ डा. महेन्द्र कुमार अग्रहरी, प्रजनन तथा प्रसुती रोग विशेषज्ञ डा.मोना श्रेष्ठ, मृगौला रोग विशेषज्ञ डा.सन्तोष गुरुङ, मेट्रन कविता खतिवडाले सहजीकरण गर्नु भएको थियो ।
कर्यक्रममा ८० जना महिलाको सहभागिता रहेको थियो ।

यस्तै अस्पतालले मंगलबार पनि मृगौला रोगबाट पिडित बिरामीहरुको निशुल्क स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम राखेको अस्पतालका प्रसासकीय अधिकृत अमृत मास्केले जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस !