चितवनः नेपाली काङ्ग्रेस चितवनले रंगशाला निर्माणका लागि जुट्न सबैलाई आग्रह गरेको छ । ध्रुमुश शुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माण गर्न लागेको रंगशालाका लागि आयोजनागर्न लागिएको धनधान्यान्चल ज्ञान महायज्ञमा सबैलाई लाग्न आग्रह गरेको छ ।
काङ्ग्रेस चितवनको बुधबार सम्पन्न बैठकले काङ्ग्रेसका नगरसमिति, क्षेत्रीय समिति, वडा तहका समिति, क्रियाशिल सदस्य तथा जनप्रतिनिधिहरुलाई सक्रिय रुपमा सहभागिता जनाउनका लागि आग्रह गरिएको नेपाली काङ्ग्रेस चितवनका सचिब उत्तम जोशीले जानकारी दिनुभयो । काङ्ग्रेस चितवनका सभापती जीतनारायण श्रेष्ठको अध्यक्षतामा काङ्ग्रेस चितवनका पदाधिकारी, पूर्ब सभापति, पूर्ब सांसद, वर्तमान सांसद लगाएतको उपस्थितिमा भएको बैठकले चितवनको गैरवको आयोजना भएकाले सम्पूर्ण जिल्लाबासीलाई एक भएर लाग्न आग्रह गरेको जोशीले जनाकारी दिनुभयो ।
बिकास निर्माणका बिषयमा काङ्ग्रेस बाधक नरहेको भन्दै उहाँले हरेक तह र तप्काबाट नेता तथा कार्यकर्ताहरु रंगशाला निमार्णमा जुट्न आग्रह गरिएको बताउनुभयो ।