चितवनः भ्रमण वर्ष सन २०२०को सुरुवात संगै जिल्लामा पर्यटकको आकर्षण केन्द्रित गर्नकान लागि बिभिन्न कार्यक्रमहरु गरिदै आईएको छ । यसै क्रममा तेस्रो पर्यटकिय गन्तब्य सौराहामा माघ २८ गतेदेखी फूड फेष्टिवल आयोजना गरिने भएको । रेष्टुरेण्ट एण्ड वार एसोसिएसन नेपाल रेवान सौराहाले सौराहाको सिसुवार मैदानमा आयोजना गर्न लागेको हो ।
१४ औं संस्करणको रुपमा गर्न फागुन ३ गतेसम्म आयोाजना गर्न लाएिको हो । आज सौराहामा पत्रकार सम्मेलनको आयोजना गरि चौधौं फूड फेष्टिवलको बारेमा जानकारी गराईएको हो । हरेक वर्ष आयोजना गरिदै आईएको फूड फेष्टिबललाई यस वर्ष भ्रमण वर्षसंग केन्द्रीत गरेर तयारी गरिएको रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले बताउनुभयो । फेष्टिवलमा स्थानिय तथा विदेशी खानाको परिकार रहने छ । त्यस्तै स्थानिय कला , संस्कृति , भेषभुषाको जर्नेनाका लागी महोत्सव केन्द्रीत रहेको आयोजकले जनाएको छ । महोत्सव अवधीभर सौराहाको ड्यामदेखी महोत्सव स्थलमा विविध झाकी प्रस्तुत गरिने अध्यक्ष खतिवडाले जानकारी दिनुभयो ।
सो अवसरमा विविध खेलकुद कार्यक्रम , प्रेम पत्र लेखन प्रतियोगिता , सडक नाटक आयोजना गरिने गरिने छ । हरेक दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकालको प्रस्तुती रहने फेष्टिवलका संयोजक ध्रुर्व गिरिले जानकारी दिनुभयो ।
फागुन २ गते प्रेम दिवसको दिन टिकटको व्यवस्था गरिएको भए पनि अन्य दिन निशुल्क प्रवेशको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । टिकटको ७५ प्रतिशत रकम गौतमबुद्ध क्रिकेट रंगशालालाई दिइने आयोजकले जनाएको छ । भण्डै साढे दुई करोडको कारोवार हुने अनुमान गरिएको फुड फेष्टिबलमा २० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको संयोजक गिरीले बताउनुभयो ।
आन्तरीक तथा बाह्य पर्यटकको आकर्षण बढाउन फूड फेष्टिवलको तयारी तिब्र पारिएको छ । फेष्टिवलको समयमा मात्रै नभएर भ्रमण वर्षलाई नै लक्षित गरि सौराहा आउने पर्यटकहरुलाई छुटको व्यवस्था गरिएको छ । रेवानमा आवद्ध ५६ वटा रेष्टुरेण्टमा १५ प्रतिशत , होटलमा ३० प्रतिशत र साना पर्यटन ब्यवसायमा १५ प्रतिशत छुटको ब्यवस्था गरिएको छ । आन्तरीक पर्यटक बढाउन फूड फेष्टिबल , हात्ति महोत्सव गर्ने गरिएको छ । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले पर्यटकीय प्रवद्र्धनमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !