
चितवनः यहि माघ १७ गते देखि २५ गते सम्म चितवन प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । नारायणी एड्भटाईजिङ एण्ड इभेन्ट प्रा.लि.को आयोजना र चितवन क्रिकेट संघकाचे सह आयोजनामा नारायणगढको क्याम्पाचौरमा प्रतियोगिता आयोजन ागर्न लागेको हो ।
ब्यवसायिक खेलाडि उत्पादनका लागि चितवन प्रीमियर लीग क्रीकेट प्रतियोगिता गर्न लागिएको आयोजकले आज गैंडाकोटमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो । स्थानिय खेलाडिको प्रोत्साहनका लागि प्रतियोगिता गरिएको प्रा.लि.का प्रबन्ध निर्देशक राजु चौधरीले जानकारी दिनुभयो । प्रतियोगिताका केही खेल गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलाइने चौधरीले बताउनुभयो ।
प्रतियोगितामा चितवनका पाँच टिमको सहभागिता रहने छ । भरतपुर गुर्खाज , माडी टाइगर्स , इच्छाकामना वारियर्स , सौराहा स्याण्ड्स , र राप्ती र्यापिड्स रहेका छन । हरेक टिमले १९ वर्ष मुनिका दुई जना राष्ट्रिय खेलाडि अनिवार्य राख्नुपर्ने जनाएको छ । तीन जना स्थानिय खेलाडी राख्नु पर्ने प्राबधान छ । प्रतियोगिताको बिजेताले रु दुई लाख र उपबिजेताले रु एक लाख, ट्रफी, मेडल प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कट खेलाडीहरुलाई बेस्ट बलर , बेस्ट ब्याट्सम्यान , बेस्ट अलराउण्डरको अवार्ड प्रदान गरिने छ ।
प्रतियोगिता सम्पन्न गर्नका लागि रु ३० लाख खर्च हुने अनुमान गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । खेल हेर्न चाहनेहरुलाई प्रतियोगितमा निशुल्क प्रबेशको व्यवस्था गरिएको चौधरीले जानकारी दिनुभयो । प्रतियोगिताबाट बचेको सिमित रकम गौंतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशलालाई सहयोग गर्ने उहाँले बताउनुभयो ।