
चितवनः नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाहालले चितवन राष्ट्रिय निकुञ्ज र जनताका बिचमा द्धन्द्ध बढेको बताउनुभएको छ । माडी नगरपालिकाको आयोजना तथा थारु कल्याणकारीणी सभा क्षेत्र नम्बर १ माडी र आदिवासी जनजाती माहाँसंघ नगर समिति माडीको सह आयोजनामा आज बाट माडीमा सुरु भएको प्रथम खिचरा महोत्सबको उद्घाटन गर्नुहुँदै उहाँले वि. सं. २०२९ सालमा बनेको निकुञ्ज ऐन परिमार्जन हुने क्रममा रहेको बताउनु भयो ।
सो ऐनले बन्यजन्तुको सुरक्षामा ध्यान दिएको तर मानिसको सुरक्षामा ध्यान नदिएका कारण ऐन संसोधन गर्नु परेको उहाँले बताउनुभयो । सरकारका सम्बन्धित निकायमा आँफुले सो ऐन संसोधन नभएमा माडीका जनता संगै आन्दोलनमा सहभागी हुने जनाए पछि प्रकृया अघि वढेको पनि उहाँको भनाई थियो ।
निर्वाचन क्षेत्र समेत पर्ने माडीलाई मणी बनाउन आँफ्नो अभिव्यक्त मन्तव्यका क्रममा आज पनि फेरी दोहोराउनु भएको छ । हरेक पटक माडी जाँदा दाहालले यो कुरालाई भन्न छुटाउनु भएको छैन । तर पनि माडीबासी भने मणी वन्नेमा विश्वथ छैनन् ।
सम्बोधनै क्रममा उहाँले नेपालको इतिहासको एउटा असाध्यै महत्वपूर्ण अबसर र ठूलो चुनौतिको बिचबाट देश अघि वढेको बताउनु भयो । चुनौतीको सामना गर्दै देशलाई सम्बृद्ध बनाउने तर्फ सरकार अघि बढेको उहाँको भनाई थियो ।
हामीले संबिधान संगै सरकारी संरचना, ऐन कानुनहरु, मूल्य मान्यता सबै नयाँ ढङ्गले प्रयोग गर्नु पर्ने भन्दै उहाँले भन्नुभयो “नेपाल सम्बृद्ध बनाउने र नेपालीलाई सुखि बनाउने राष्ट्रिय आकांक्षाका साथ हामी अघि बढेका छौ ।” उहाँले थप्नुभयो “यो प्रकृयामा जति जटिलता र चुनौती आए पनि हामी त्यसको सामना गर्न सकीन्छ भन्ने आत्मबिश्वासका साथ अघि बढेका छौ ।”
माडीको बिकासका लागि आफ्नै पहलमा बिभिन्न परियोजनाहरु अघि वढिरहेको भन्दै उहाँले हाम्रो परम्परा, संस्कार र कर्मचारीको कार्यशैली परिवर्तन भई नसकेकाले समयमा काम हुन नसकेको बताउनुभयो । माडीकै सम्मानका लागि राष्ट्रिय सभामा यहाँको प्रतिनिधित्व गराउन आफ्नै पहलमा गंगा बेलबासेलाई उम्मेदवार बनाईएको उहाँले जानकारी दिनुभयो ।
आँफुले पाँच वर्षमा गर्छु भनेका सबै काम पुरा गर्ने बताउँदै उहाँले दुई वर्षमा जे जति भए बाँकी तीन वर्षमा अरु सबै हुने बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य कृष्ण भूर्तेल, नगरपालिकाका प्रमुख ठाकुर ढकाल, उपप्रमुख ताराकुमारी काजी महत्तो, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नगर ईन्चार्ज पे्रमराज तिमिल्सीना, नेपाली काँग्रेसका जिल्ला सदस्य शोभाखर चापागाई, नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय समितिका संयोजक रामेश्वर महत्तो लगाएतले बोल्नु भएको थियो ।
कार्यक्रम महोत्सब मूल आयोजक समितिका संयोजक रामेश्वर चौधरीको सभापतित्वमा भएको थियो । माघ ६ गते सम्म संञ्चालन हुने महोत्सबमा १ सय स्टल रहेका छन् । सोही अबसरमा प्रमुख अतिथि दाहालले आईडिया फर नेपाल अन्तर्गत एन आर एन एण्ड पाटनर्स कम्पनि द्धारा ५० विगाहा जमिनमा संञ्चालन गर्न लागेको फलफुल खेति र रिसोटको पनि शिलन्यास गर्नु भएको थियो ।