
चितवनः सरकारले सुरु गरेको राष्ट्रिय परिचय पत्र बितरणको काम चितवन सहित सात जिल्लामा प्रभावकारी रुपमा अघि वढाईने भएको छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागले आज यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्बन्धि अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रममा सो को जानकारी दिईएको हो ।
चितवन, ललितपुर, रसुवा, तनहुँ, कञ्चनपुर, जुम्ला र सप्तरीमा यो कार्यक्रम गाउँ तह सम्म संञ्चालन गर्न लागिएको हो । चितवनका ९८ वडामा कार्यालयले कर्मचारी पठाएर परिचय पत्रको फारम भर्ने काम गर्न लागेको कार्यक्रममा जानकारी दिईएको छ । जसका लागि १ सय १७ जना कर्मचारी नियुक्तीको प्रकृयामा रहेका छन् ।
ती कर्मचारीहरुलाई २३ वटा समुहमा बिभाजन गरि प्रत्यक पालिकाहरुका वडाहरुमा पठाईने छ । दुई वर्षमा राष्ट्रिय परिचय पत्र बनाई सक्ने उद्धेश्यका साथ सरकारले काम सुरु गरेको हो । पहिलो चरणमा छनोट भएका १५ जिल्ला मध्य सात जिल्लामा काम प्रभावकारी वनाउन लागिएको बिभागका निर्देशक शिबराज जोशीले जानकारी दिनुभयो ।
जोशीका अनुसार व्याक्तिको सबै बिबरण लिई सो परिचय पत्रमा राखिने छ । नागरिकता लिएकाहरुलाई उनीको व्याक्तिगत बिबरण राख्नका लागि सहज हुने भएकाले यो पत्र बनाउन लागिएको हो । नागरिकताका आधारमा बिबरण संकलन गर्ने भएकाले वाह्य जिल्लाको नागरिकताको हकमा स्थानीय तहको सिफारीका आधारमा बिबरण भरिने जोशीले बताउनुभयो ।
अहिले सम्म पाँचथर र सिंहदरवारका कर्मचारीहरु गरि एक लाख सत्र हजार जनालाई परिचय पत्र बितरण गरिएको छ । यो पत्रमा नागरिकको पृथक परिचय नम्बर उपलव्ध हुने छ । आधुनिक सूचना प्रविधिमा आधारित राष्ट्रिय परिचय पत्र व्यवस्थापन प्रणाली अवलम्बन गरी साृद्ध नेपाल सुखी नेपाली अभियानमा सहयोग पु¥याउने मूल्यका साथ परिचयपत्रको फारम भर्न लागिएको हो ।
राज्यबाट प्रवाह हुने सेवा संग आवद्ध गर्ने, राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने उद्धेश्यले यो काम सुरु गरिएको जोशीले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले स्मार्ट सिटिमा स्मार्ट परिचयपत्र आबश्यक रहेको बताउनुभयो । शहरलाई स्मार्ट वनाउदाँ आफ्नो परिचयलाई पनि सोही अनुसार गर्नु अवलम्बन गर्दै जिल्ला बासिहरुलाई यो परिचय पत्र वनाउने काममा सहयोग पु¥याउन आग्रह गर्नुभयो ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जिल्लामा रहेका ६ लाख ७५ हजार जनतालाई यो परिचयपत्रको फारम भर्नका लागि १ सय २ दिन लाग्ने भएकाले सोही अनुसारको व्यवस्थापन मिलाउन लागिएको बताउनुभयो । असार मसान्त भित्र काम सक्नका लागि निकै महत्वका साथ काम गर्नु आबश्यक रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा जिल्लाका बिभिन्न पालिकाहरुका वडा अध्यक्षहरुले जिज्ञसा राखेका थिए ।