चितवनः यहि पुष २८ र २९ गते हुन लागेको उद्योग वाणिज्य संघ चितवनको ५३ औं बार्षिक साधारण सभा तथा अबिधेशनका लागि संस्थापन पक्षले पूर्ब वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय संगै बिदोहीरुपमा ज्ञानेन्द्रमान शाक्यले उम्मेदवारी दिनुहुने भएको छ ।
शाक्यले आज नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहने बताउनु भएको हो । संस्थापन पक्षको हवला दिर्दै ३ हजार ७ सय ८२ जना मतदाताको मताधिकारलाई कुन्ठीत पार्न खोजिएको भन्दै शाक्यले आफुले उम्मेदवारी दिन लागेको बताउनुभयो । उहाँले भन्नुभयो “व्यावसायीहरुको मतलाई बन्धक वनाएर लोकतान्त्रीक पद्धती भन्दा वाहिर गएर गोलाप्रथा जस्तो हास्यास्पद प्रक्रियाबाट अध्यक्ष छानियो भनिनु आश्यचर्य जनक रहेको छ ।”
संस्थापन पक्षहरुले यहि पुष १७ गते गरेको यस निर्णयका बिरुद्ध आँफु मतदाताको मतको प्रयोग गर्नका लागि उम्मेदवार बनेको उहाँको भनाई थियो । बि. सं. २०२४ साल देखि उद्योगवाणिज्य संघ चितवनको बिभिन्न पदमा रहेर काम गर्दै आउनु भएका शाक्यले २०६८÷०७० को कार्यकालका लागि पनि अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको थियो । सो समयमा निर्वतमान अध्यक्ष डा. तिलचन्द्र भटराई संग झिनो मतअन्तरले पराजित हुनु भएको थियो ।
संस्थाको गरिमालाई उच्च वनाउँन र तीन तहका सरकारले व्यवसायीहरु लाई लगाएको दोहोरो कर लगाएतका बिषयमा आफ्नो उम्मेदवारी रहेको उहाँको भनाई छ ।
यस्तै सोही समुहबाट बरिष्ठ उपाध्यक्षका लागि बिष्णु प्रसाद कंडेलले उम्मेदवारी दिनुहुने भएको छ । पत्रकार सम्मेलनमा बोल्दै कंडेलले व्यवसायीहरुको हक हितका लागि आँफ्नो उम्मेदवारी रहेको बताउनुभयो । संघको व्यवसायीक नेतृत्वका लागि आँफुहरुले उम्मेदवारी दिन लागेको उहाँले जानकारी दिनुभयो ।
उता संघका पूर्ब अध्यक्षहरुले भने अहिलेको कार्यकालका लागि राजु श्रेष्ठ र अर्को कार्यकालका लागि चुननारायण श्रेष्ठ हुने भन्ने निर्णय गरेका थिए । स्मरण रहोस यस भन्दा अघि पनि यस्तै निर्णयको विरुद्धमा युवा व्यवसायी राजनै गतमले उम्मेदवारी दिएर बिजयी हाँसील गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !