स्वास्थ्य क्षेत्रमा जनताको हितमा काम हुनु पर्छ: मन्त्री राउत

चितवनः स्वास्थ्य तथा जनसंख्या मन्त्री नवराज राउतले जिल्लामा रहेका दुई ठूला अस्पताल भरतपुर अस्पताल र बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पतालको निरिक्षण अनुगमन गर्नु भएको छ । मन्त्रालयको कामका शिलशिलामा जिल्ला आउनु भएका मन्त्री राउतले आज बिहान पहिलो अनुगमन बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पतालको गर्नु भएको थियो ।
अस्पतालको अनुगमन निरिक्षण पछि उहाँले अस्पतालले दिएको सेवा प्रति आँफु सन्तुष्ट रहेको बताउनु भयो । अस्पतालमा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस अस्पतालले दिदै आएको सेवा सुबिधा अझै उच्च स्तरको बनाउन आबश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो “अस्पतालमा आएको बिरामीलाई दिईएको सेवा प्रवाह अझै चुस्त वनाउन आवबश्यक छ ।” उहाँले थप्नुभयो “मैले वाहिर सुनेको थिए अहिले आँफैले देख्ने अबसर प्राप्त भयो । यस अस्पताललाई अझै माथि उठाउन सरकारका तर्फबाट सहयोग गर्ने छु ।”
सो क्रममा अस्पतालका कार्यकारी निर्देशक डा. बिजयचन्द्र आचार्यले अस्पतालले प्रगति र यहाँबाट उपलव्ध सेवाहरुको बारेमा जानकारी दिनुभएको थियो ।
स्वास्थ्य राज्यमन्त्री नवराज रावतले सरकारी अस्पतालबाट नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिनुभएको छ । आज भरतपुरको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पतालको निरीक्षण पश्चात उहाँले नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘सबै नागरिकले अस्तालमा आएपछि सर्वसुलभ रुपमा उपचार पाउनुपर्छ,नागरिकले राज्यको अनुभुती पाउनेगरी काम गर्नुहोस् ।’
उहाँले सेवा र व्यवस्थापकिय पक्षमा ध्यान दिन चिकित्सक र कर्मचारीलाई आग्रह गर्नुभयो । ‘ऐन नियमले असहजता भए,संस्थागत रुपमा आउनुहोस, तर त्यो जनाताको पक्षमा हुनुपर्छ’,उहाँले भन्नुभयो । अस्पताल सुधारका लागि चिकित्सक, स्वास्थ्यकर्मी र सबै कर्मचारी खटिनुपर्ने उहाँल बताउनुभयो । ‘अस्पतालको सुधारका लागि प्राथमिकताको आधारमा योजना बनाएर अघि बढ्न आग्रह गर्दै उहाँले बजेटेको अभाव नहुने बताउनुभयो ।
क्यान्सर अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आचार्य र भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट श्रीराम तिवारीले अस्पतालको अवस्थाका बारेमा राज्यमन्त्री रावतलाई जानकारी गराउनुभएको थियो ।