
नारायण अधिकारी, सिड्नी (रासस): भ्रमण वर्ष सन २०२० को अन्तर्राष्ट्रिय कार्यक्रमको शुभारम्भको तयारी तिब्र पारिएको छ । जनवरी ७ तारिखका दिन पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले अष्ट्रेलियाको सिड्नीमा भ्रमण बर्षको शुभारम्भ गर्ने कार्यैक्रम रहेको छ ।
राष्ट्रमण्डल अष्टे«लियाका लागि नेपाली राजदुताबास क्यानबेराको आयोजना तथा महाबाणीज्य दुताबास सिड्नी न्यू साउथ वेल्सको सहयोगमा कार्यक्रम हुँदैछ । अष्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहालका अनुसार जनवारी ७ तारिखका दिन बिहान ७ बजे अष्ट्रेलियामा रहेका नेपाली र अष्टे«लिया बासी सबैले एकै साथ सामाजिक संञ्जाल फेसबुकमा भ्रमण वर्षको लोगो पोष्ट गने कार्यक्रम रहेको छ ।
यसैगरी बिहान ८ देखि १० वजे सम्म नेपालीहरुको उल्लेख्य बसोबास रहेका स्थानहरुमा भ्रमण बर्षकको प्रचार प्रसार गर्दै शान्तिपूर्ण र्याली गरिने भएको छ । त्यसका लागि गैर आबासीय नेपाली संघ अष्ट्रेलियाका बिभिन्न तह तप्काका अधिकारीहरु सक्रिय रुपमा लागि परेका छन् ।
त्यसै दिन दिउँसोे१ बजे सिड्नी शहरको मुटु भनेर चिनिने ओपेरा हाउस रहेको सर्कुलर की मा नेपाली भेषभूषा सहित नेपाली र बिशिष्ट पाहुनाहरुको उपस्थितीमा बिशेष कार्यक्रम हुने राजदुताबासले जनाएको छ ।
सो कार्यक्रमलाई पर्यटनमन्त्री भट्टराईले बिधिबत रुपमा उद्घाटन गर्नु हुनेछ । कार्यक्रममा मन्त्री भट्टराई, राजदुत दाहाल, नेपालको ५८ औं पटक भ्रमण गर्नु भएका अष्ट्रेलियन नागरिक क्रिस वाकर लगाएतका बिशिष्ट पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोहीदिन साँझ विदेशी पाहुना सहितको पर्यटन क्षेत्रमा क्रियाशिल बिभिन्न व्यक्तिहरुको उपस्थितिमा रात्री भोज गरिदै छ ।
यस संगै नेपालमा पर्यटक भित्र्याउन वर्षभरी नै बिभिन्न कार्यक्रम गर्न लागिएको राजदुत दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार ट्राभल एजेन्टहरु, यात्रा बिशेषज्ञ, प्राध्यापक, लेखक, पत्रकार लगाएत संग छलफल गरिदै छ । उनीहरुलाई नेपालको पर्यटकीय महत्वबारे लेख्न र प्रचार प्रसारका लागि उत्प्रेरीत गर्न लागिएको दाहालले बताउनुभयो ।
राजदुताबासको पहल संगै यहाँका ट्राभल एजेन्सीहरुले नेपाल भ्रमणको प्याकेजहरु पनि सार्वजनिक गरेका छन् । यहाँको सबैभन्दा ठूलो ट्राभल एजेन्सी फ्लाईट क्यानवेराले प्याकेज सार्बजनिक गरेको हो । यहाँका नेपालीका अनुसार सम्भबत पहिलो पटक यहाँका ट्राभल एजेन्सीले नेपालका लागि प्याकेज कार्यक्रम सार्वजनीक गरेका हुन ।
अष्ट्रेलियाबाट बार्षिक ३३ हजार हाराहारी पर्यटक नेपाल भित्रिने गरेको तथ्याङ्क रहेको छ । यो संख्या दोव्वर बनाउने लक्ष्य रहेको दाहालले बताउनुभयो ।
गैर आबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य राजु अधिकारी अष्ट्रेलियामा रहेका नेपालीहरुले भ्रमण वर्षलाई पर्वका रुपमा लिएको बताउनु हुन्छ । दाहाल राजदुत भएर यहाँ आए संगै उहाँको क्रियाशिलताले नेपालीहरुमा उत्साहा थपिएको भन्दै उहाँले भ्रमण बर्षलाई सफल बनाउन यहाँ रहेका नेपाली र राजदुताबास संयुक्तरुपमा लाग्नुपर्ने बताउनु भयो ।