चितवनः बाग्लुङको वडीगाड गाँउपालीका वडा नंं.४ का एक अपाङ् खलितलाई अष्ट्रेलिया निवासी नेपालीहरुले सहयोग गरेका छन् । रोजगारीको शिलशिलामा बिदेश गएका चुरा दमाई भारतको हिमाचलमा मेसीनमा पर्नु भएको थियो ।
कम्पनीको मेसीनमा परेका दमाई अपाङ्ग भए संगै रोजगारी गर्न नसक्ने र घरमा समेत आर्थिक अबस्था कम्जोर भए पछि उहाँको सहयोगका लागि अष्ट्रेलिया निवासी प्रदिप पाठकको सहकार्यमा त्यहाँका नेपालीहरु बाट संकलीत रकम आज एक हस्तान्तरण गरीएको हो ।
हाम्रो दृष्ट्रि राम्रो दृष्ट्रि नामक संस्था संगको सहकार्यमा आज रु ५५ हजार दुई सय नग सहयोग गरिएको संस्थाका अध्यक्ष बसन्त गैरेले जानकारी दिनुभयो । गैंरेका अनुसार दमाईका एक छोरी र आमाबुबा मात्र रहेका छन् । उपचार गर्ने खर्च जुटाउनु पर्ने बाध्यताका कारण छोरीको पढाई समेत रोकीएको छ । आर्थिक अवस्था दयानीय भएकाले उहाँको उपचारका लागि सहयोग गर्न गैरेले सबैमा आग्रह समेत गर्नुभयो ।
वडा अध्यक्ष कृष्ण गुरुङ उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !