
चितवनः मध्यवर्ती सामुदायिक बनको निर्वाचनको विषयलाई लिएर आइतवार रत्ननगर नगरपालिका वडा नम्बर ६ बछौलीमा भएको बिबादको बिषय प्रति काँग्रेस चितवनले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेस चितवनका सचिब उत्तम जोशी द्धारा जारी बिज्ञप्तिमा मृगकुञ्ज उपभोक्ता समितिको नयाँ नेतृत्वका लागि हुने निर्वाचन प्रकृयालाई नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताहरुले एकलौटी ढंगबाट प्रकृया अगाडी बढाएपछि बिबाद उत्पन्न भएको जनाईएको छ ।
सामान्य बिबादका क्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्ताले घरेलु हतियार सहित आर्कमण गरि नेपाली कांग्रेसका सदस्यहरु चन्द्रकुमारी पौडेल, अर्चना रिमाल, सिता घिमिरे, उर्मिला लम्साल, प्रकाश घिमिरे, गोमा गुरुङ लगाएका घाईते भएको भन्दै सो घटना प्रति काँग्रेस चितवनले आफ्नो गम्भिर ध्यानाकर्षण भएका जनाएको हो । आक्रमणका क्रममा गम्भिर रुपमा घाईते हुनु भएकी चन्द्रकुमारी पौडलको चितवन मेडीकल कलेजमा उपचार भईरहेको जोशी द्धारा जारी बिज्ञप्तिमा जनाईएको छ ।
उक्त घटनामा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सदस्य तरुण नेता प्रकाश घिमिरेलाई पक्राउ गरिएको घटनाले नेपाली कांग्रेस चितवनको गम्भिर ध्यान आर्कषण भएको छ बिज्ञप्तिमा उल्लेख छ । उनको तत्काल रिहाई गर्न माग गर्दै काँग्रेस चितवनले उक्त घटनामा संग्लन दोषि माथि कानुन बमोजिम कारवाही गर्न सरकार संग माग समेत गरेको छ ।
यो संगै बिज्ञप्तिमा भनिएको छ “सरकारमा रहेको दल नेपाल कम्यूनिष्ट पाटी यस्ता किसिमका अराजक गति विधिहरुमा लाग्नु लोकतन्त्रकै उपहाश हो ।”