चितवनः बिमानस्थल संञ्चालनमा आउन अरु एक दिन कुर्नु पर्ने हुन्छ । तर बुधबार भरतपुर बिमानस्थल पुग्ने जो कोहीले भ्रमण बर्ष सुरु भएको अनुभूति गर्ने भएका छन् ।बिमानस्थलको धावन मार्ग र र्पाकिङ् क्षेत्रमा कालोपत्रे माथि मर्मत सम्भार संगै अर्को एकतह थप्नका लागि दश दिन बिमानस्थल बन्द गरिएको छ । बुधबारबाट नियमीत उडान हुँदै छ । बिमानस्थलको धावनमार्ग सुन्दर देखिएको छ भने प्रबेशद्धारमा भ्रमण बर्षको आकर्षक लोगो र स्वागत लेखिएको छ । बिमानस्थलका प्रमुख पवनकुमार गौतमका अनुसार बिमानस्थलको प्रबेशद्धार अगाडी ठूलो अक्षरमा लोगो र भ्रमण बर्ष २०२० अग्रेजी अक्षरमा लेखिएको छ । संगै ९ वटा झण्डा फहराईएको छ । बिचमा राष्ट्रिय झण्डा, छेउछेउमा दुईवटा भ्रमण बर्ष अंकित झण्डा र अरु बिभिन्न रंगका झण्डाहरु फहराएर सुन्दर बनाईएको उहाँले बताउनुभयो ।गौतमका अनुसार चितवनका पाँच र नवलपुरका दुई रोटरी क्लवले नफुट्ने सिसामा चितवन र आसपासका क्षेत्रका पर्यटकीय गन्तव्य देख्नेगरि आकर्षक होर्डीङ्बोड राख्दै छन् । बोड निर्माणको संयोजन गरिरहनु भएका जनक पौडेलका अनुसार झण्डै रु एक लाख खर्च गरि दुरी सहित पर्यटकीय स्थलको सुचना दिन बोड बनाईदै छ । भ्रमण बर्षलाई लक्षित गरि रोटरीले बोड बनाउँदै गरेको उहाँले जानकारी दिनुभयो । बिमानस्थल भित्र यहाँका पर्यटकीय गन्तव्य र दुर्लभ वन्यजन्तुका चित्रहरु निर्माण गर्ने तयारी गरिएको छ । गौतमले पर्यटन क्षेत्र संग सम्बन्धित व्यवसायीहरुलाई सो कार्यका लागि आव्हान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो“नयाँ रंग रोगन सहितको धावनमार्ग र जहाजबाट झर्नासाथ भ्रमण बर्षको स्वागतले जो कोहीलाई आकर्षीत बनाउने छ ।”चितवन तेस्रो पर्यटकीय गन्तव्य हो । वर्षेनी दुई लाख हाराहारी पर्यटक यहाँ आउने गर्दछन् । भ्रमण बर्षमा यो संख्या दोव्वर बनाउने लक्ष्य रहेको छ ।