चितवनः लिटिल फलावर स्कुल भरतपुरले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत अन्तर विद्यालय नित्य प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा चितवन, नवलपरासी, रुपन्देही, गोर्खा तनहुँका गरि चालिस विद्यालयको सहभागिता रहेको थियो ।
प्रतियोगितामा ओम शान्ति एकेडेमी भरतपुर विद्यालय प्रथम, एसओएस बालग्राम द्धितिय र वालकुमारी ईङ्लिस स्कुल नारायणगढले तृतिय स्थान प्राप्त गर्न सफल भएका थिए । उनीहरुलाई क्रमश रु ३० हजार, रु २० हजार र रु १५ हजार नगद, ट्रफि र प्रमाण्पत्र प्रदान गरिएको थियो । निर्णायकको रुपमा कलाकारहरु सुदिप राना, गोरे गुरुङ्, प्रोनिस उदाश लगाएत रहनु भएको थियो ।
पादर लोना केलेलिको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा गायीक तारा थापा, ध्रुमश सुन्तलि फाउण्डेनका अध्यक्ष सिताराम कट्टेल, विद्यालयका फादर रोवि क्यू लगाएतले बोल्नु भएको थियो । सो अवसरमा विद्यालयका तर्फबाट फाउण्डेशनलाई गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि रु २ लाख सहयोग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !