चितवनः भ्रमण वर्षको संघारमा पूर्बी चितवनमा रत्ननगर महोत्सब २०७६ हुने भएको छ । रत्ननगरको टिकौलीमा पौष २५ गते देखि माघ ७ गते सम्म महोत्सब हुन लागेको हो ।
उद्योग वाणिज्य संघ रत्ननगरले महोत्सबको आयोजना गरेको हो । महोत्सब मूल आयोजक समितिले आज सौराहामा पत्रकार सम्मेलनको आयोजना गरि महोत्सबका वारेमा जानकारी दिएको छ । सो अवसरमा मूल आयोजक समितिका संयोजक राजाराम रेग्मीले महोत्सबमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र स्थानीय स्तर तथा अन्य क्षेत्रमा उत्पादीत वस्तु एवं सेवाको परिचय गराउन पाँच सय स्टल रहने जानकारी दिनुभयो ।
महोत्सबमा बृहत व्यवसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, च्याउ, थोपा सिचाई प्रविधि, केरा, माछा, दुग्धजन्य पदार्थ, निःशुल्क माटो परिक्षण शिविर, प्लान्ट क्लिनिक, पोल्ट्री, मह संगै चितवनमा प्रवल सम्भावना भएका कृषि तथा पशु जन्य व्यवसायलाई विशेष जोड दिन लागिएको जनाईएको छ ।
जिल्लाको सर्वपक्षिय मौलीक बिशेषता झल्काउने विविध लोक साँस्कृतिक कार्यक्रम, चित्रकला तथा मूर्ती कलाको प्रतियोगितात्मक प्रर्दशनी समावेश गरिने भएको छ । मेलामा ५ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र रु ५० करोड हाराहारीको कारोवार हुने अपेक्षा गरिएको महोत्सबको आर्थिक समितिका संयोजक ज्ञानवहादुर बिसुरालले जानकारी दिनुभयो ।
महोत्सव सभ्य र भव्य वनाउन मूल समिति, स्टेरीङ् कमिटि, सल्लाहाकार समिति लगाएत विभिन्न कार्यका लागि ४१ वटा कार्यगत समितिहरु गठन गरिएको सो अवसरमा जानकारी दिईएको थियो । यो दशैं महोत्सव हो । महोत्सवमा विगतमा जस्तै महोत्सब अन्तर्गत पौष २९ देखि ४ गते सम्म रत्ननगरको टाँडी वजारमा फुड फेष्टिबल र चिकेन एण्ड एग फुड फेष्टिबलको आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
संघले २०५७ सालमा दशैं महोत्सबको रुपमा सुरु गरेको यस महोत्सब अहिले सम्म आईपुग्दा उत्सवको रुपमा परिणत भएको सो अवसरमा जानकारी दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस !