चितवनः नागरिक उड्यन प्राधिकरण भरतपुरले धावन मार्ग मर्मत सम्भार गर्नका लागि आज देखि दश दिन हवाई सेवा वन्द गरेको छ । कार्यालयका अनुसार आज मङ्सिर देखि २४ गते सम्म धावन मार्ग मर्मतका लागि हवाई सेवा रोकेर काम गर्न लागिएको हो ।
कार्यालयका प्रमुख पवन कुमार गौतमका अनुसार धावन मार्ग ओभरले तथा पार्कीङ् विस्तारका लागि हवाई सेवा रोकेर काम गर्न लागिएको हो । धावन मार्गको ठाउँठाउँमा खाल्डा खुल्डी परेका छन् । धावन मार्ग र पार्कीङ् स्थल मर्मत सम्भारका लागि प्राधिकरणले ठेक्का लगाएको छ । पार्कीङ् स्थल फराकीलो वनाईदै छ ।
ठेकेदार कम्पनिले रातको समयमा काम गर्दै आएको थियो । विमानस्थल ओभरले गर्दा ६० एमएमको कालोपत्रे गरिने छ । गौतमका अनुसार तापक्रम घट्दै गएकाले रातमा कालोपत्रे उपयुक्त नभएको र स्थानीयले आँफुहरुलाई अफ्ठ्यारो भएको गुनासो गरेपछि हवाई सेवा रोकेर काम गर्न लागिएको हो ।
भरतपुर बिमानस्थलबाट दैनिक बुद्ध र एतिका ५÷५ वटा जहाज काठमाण्डौं र १÷१ वटा जहाज पोखरा उडान र्भर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस !