चितवनःमतगणना आज साँझ ८ वजेबाट सुरु हुने भएको छ । जिल्लाका उपनिर्वाचन भएका तीनवटा वडाहरुमा शनिबार शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । तीन वडा ७५.९७ प्रतिशत मत खसेको छ ।
भरतपुर महानगरपालिका वडा नम्वर १६ र खैरहनी नगरपालिकाको वडा नम्वर ४ र ५ मा मतदान भएको हो ।
जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार तीन वटा वडामा कूल मतदाता १३ हजार २८४ रहेकोमा १० हजार ९२ मत खसेको छ ।
भरतपुर महानगरपालिका वडा नं. १६ मा ८ हजार ४८१ मतदाता रहेकोमा ६ हजार २५० मतदान भएको छ । त्यहाँ ७३.६९ प्रतिशत मत खसेको छ ।
खैरहनी नगरपालिका वडा नं. ४ मा २ हजार ६९२ मतदाता रहेकोमा २ हजार १७२ मतदान भएको छ । जुन ८०.६८ प्रतिशत हुन आउँछ ।
त्यस्तै खैरहनी ५ मा २ हजार १ सय ११ मतदाता रहेकोमा १ हजार ६७० मत खसेको छ । जुन ७९.१० प्रतिशत हुन आउँछ ।
निर्धारीत समयमानै ती वडाका मतदान केन्द्रहरुमा मतदान शुरु भएको थियो ।
कार्य सुरु भएको उहाँले जानकारी दिनुभयो ।
जिल्लामा ६ वटा मतदान स्थल र १५ वटा केन्द्र रहेका थिए । मतपत्र संकलन भईसकोको ढकालले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका वडा नं. १६ को भरतपुरस्थित चितवन जिल्ला अदालत परिसरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा र खैरहनीको पुरानो नगरपालिका भवनमा निर्वाचन अधिकृतको कार्यालयमा मतगणना शुरु गरिने ढकालले बताउनुभयो ।
जिल्लाका तीनवटा वडामा पाँच राजनैतिक दलका १३ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
सवारी दुर्घटनामा खैरहनीका वडा अध्यक्षहरुको निधन भएको र भरतपुर १६ का वडा अध्यक्षको क्यान्सर रोगका कारण निधन भएकाले उपनिर्वाचन भएको हो । जिल्लाको निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको चितवनका प्रहरी प्रमुख दानवहादुर मल्ले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !