चितवनः नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति विरुद्ध भरतपुरको चौबिसकोठीमा आज वृद्धवृद्धाहरु सडकमा उत्रीए । ६० बर्ष माथि पुगेका वृद्धवृद्धाहरुले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कास्कीमा दिएको अभिव्यक्तीको कारण उनीहरु सडकमा उत्रिएका हुन ।
नेकपाका अध्यक्ष प्रचण्डले कास्मिा भएको चुनावी सभालाई संबोधन गर्दा देवघाट जाने बेलामा निर्वाचनमा आएको भन्दै अविब्यक्ति दिएका थिए । उक्त अभिव्यक्ती दिएर प्रचण्ड आफुहरुको अपमान गरेको भन्दै उनिहरुले प्रदर्शन गरेका हुन् ।

चितवनका वृद्धावृद्धाहरुले हातमा ‘वृद्व वृद्वालाई अपमान किन’, ‘तपाई पनि एकदिन वृद्ध हुनुहुन्छ’, ‘बोल्न नजान्नेले बोल्न सिक्नु हामी वृद्व वृद्वाहरुको आशिर्वाद छ’ लगाएतका कुरा लेखिएका पम्पपेलेट लिएर बिरोध जनाएका हुन् ।

बिरोध कार्यक्रममा रहेका एक वृद्व नरहरि पौडेले भन्नुभयो ‘अध्यक्ष प्रचण्डले वृद्धवृद्धाको सम्मान गर्छु भन्दै भाषण गरेपनि निर्वाचनको बेलामा आएर प्रतिस्प्रधिुसँग हार्ने डरले अपमान गरेको कुरा सह्य हुँदैन ।’ पौडेलले कसैलाई पनि अपमान गरेर सिधै घाटमा जाम्ला भन्नु गलत भएको भन्दै वृद्धवृद्धाको सम्मान गर्नु पर्छ भन्ने कुराको पाठ अध्यक्षले सिक्नु पर्ने बताउनुभयो । कास्किमा दिएको अवियत्ती प्रति चितवनमा मात्र नभई अन्यत्र स्थानबाट पनि बिरोध आउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस !