चितवनः नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गगन कुमार थापाले नेकपा भित्र शक्तिको आडम्भ पलाएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस भरतपुर महानगरपालिका वडा नम्वर १६ को चुनाव प्रचार प्रसार समितिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले दुई तिहाईको सरकार र स्थानीय तह पनि आफ्नै भएकाले नेकपालाई शक्तिको मात लागेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो“म चुनावी दौडानका क्रममा नेपालका हरेक क्षेत्रमा पुगेको छु । त्यहाँ नेकपाका उम्मेदवारहरुले आँफुलाई भोट नहाल विकास नहुने धम्कि दिएका छन् । यसरी शक्तिको उन्मादमा नलाग्नुस् ।”उहाँले थप्नुभयो “निर्वाचनमा समेत नडराउने नेता निर्वाचन जितिसकेपछि के डराउला ।” तपाईले सेवक रोज्नुहुन्छ की शासक थापाको प्रश्न थियो ।

सरकाको शैली बदल्न नपाली काङ्ग्रेसले निर्बाचन जित्नु पर्ने उहाँको भनाई थियो । उहाँले शैली बदल्न मात्र नभई सरकारलाई सन्देश दिनका लागि उपनिर्वाचन काँग्रेसले जित्नु पर्ने बताउनुभयो । अहिले नेपाललाई कुन दिशामा लैजाने भन्ने यो निर्वाचनले फैसला नगरे पनि सरकारलाई सन्देश दिन काम गर्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “यो समय हामीले हिजो के गर्यौ भन्ने होईन आज के भईरहेको छ त्यो हेर्नेहो ।” दुईवटा पाईलटले देशलाई कता लाँदैछन्भन्ने कुराको हेक्का गरेर मतदान गर्न उहाँले मतदातालाई अपिल गर्नुभयो । उहाँले भन्नुभयो“हामीले अहिलेको उप निर्वाचनमा सव सिकाएनौ भने देश तपाई हामीले भनेको ठाउँमा जान सक्दैन ।
नेता थापाले शक्तिशाली रुपमा रहेका प्रधानमन्त्री केपी शर्माले ओलीले २ वर्षको अवधिमा जन चाहना अनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो “सरकारले काम गर्न सकेको छैन । तपाईहरुले यस निर्वाचन मार्फत सन्देश पठाउन जरुरी रहेको छ ।” पुर्ब मन्त्री थापाले केपी ओलीको सरकार अनुकल समयमा भएको भए पनि काम गर्न नसक्दा जनता निरास भएको बताउनुभयो ।
सो अवसरमा बोल्दै नेता थापाले सरकार मात्रै नभएर नेकपाका दुवै अध्यक्षक महत्वकाक्षि भएको आरोप लगाउनु भयो । वडा अध्यक्षको निर्वाचनलाई आफ्नो प्रतिष्ठा ठान्ने प्रचण्डलाई सवक सिकाउन आवश्यक रहेको उहाँको भनाई थियो । काँग्रेस कहिल्यौ पनि नआत्तिने भएकाले जनतामा निरास नहुन समेत उहाँको आग्रह थियो ।
सभालाई काङ्ग्रेस केन्द्रिय सदस्य डिना संग्रोला, जिल्ला सभापति जीत नारायण श्रेष्ठ, नेपाली काङ्ग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार अमृत हमाल लगाएतले बोल्नु भएको थियो । कार्यक्रममा नेकपा परित्याग गरि एक सय पचास जना काङ्ग्रेसमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !