चितवनः निर्वाचनको समयमा सामाजिक संञ्जालमा मत मागेको भन्दै नेकपाका नेताहरुले धम्कि दिएका छन् । नेपाली काँग्रेसका कार्यकर्ताहरुले भरतपुर महानगरपालिका वडा नम्वर १६ का हुन लागेको निर्वाचनका लागि मत मागे संगै उनीहले सामाजिक संञ्जालमा रहेको मत माग्ने अभिव्यक्ति हटाउन लगाएको स्थानीय दिपक अधिकारीले जानकारी दिनुभयो ।
समाजिक संञ्जालमा मत माग्ने र काँग्रेसको उम्मेदवारलाई मत दिनेलाई रोजगारीबाट वन्चित गराईने भन्दै नेकपाका कार्यकर्ताहरुले धम्कि दिन थालेको उहाँले जानकारी दिनुभयो । निर्वाचनको समयमा आफ्नो पक्षको उम्मेदवारलाई विजयी गराउन लागेका दुवै समुह बिच मतभेद देखिए पनि रोजगारी नदिने जस्ता अभिव्यक्तिबाट निर्वाचन नविथोलिने काँग्रेसको चुनाब प्रचार प्रसार समितिले जनाएको छ ।
सोमबार मात्रै काँग्रेसका तीन जना कार्यकर्तालाई सामाजिक सञ्जलामा आफ्नो धारणा राखेको भन्दै धम्कि आएको स्थानीय सुदन पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार सामाजिक सञ्जालबाट आफ्नो धारणा नहटाए वाटो कुरेर जस्तो पनि गर्न सक्ने धम्कि दिईएको हो ।
काँग्रेसले आज १६ नम्वरका बिभिन्न क्षेत्रहरुमा आफ्नो प्रचार प्रसारलाई तिव्र पारेको छ । निर्वाचनका लागि शुद्यय समय सुरु हुन एक दिन वाँकी रहँदा आफ्नो प्रचार प्रसारको कामलाई आक्रमक वनाउँदै लगिएको उहाँले जानकारी दिनुभयो । नेकपाले निर्वाचनको समयमा मात्र मत माग्न विभिन्न आश्वासन दिने गरेको भन्दै स्थानीयले मत विचार गरि युवा नेताहरुलाई दिने प्रतिवधता समेत जनाएका छन् ।
आजै वडा नम्वर १६ को तरुणदलको भेला समेत सम्पन्न गरेको छ । भेलाले निर्वाचनमा काँग्रेसका उम्मेदवार अमृतराज हमाललाई विजयी गराउन शून्य समयमा हुन सक्ने आर्थिक चलखेल रोक्नका लागि सवै चनाखो हुन समेत आग्रह गरेको छ । निर्वाचनमा जित सुनिश्चित भईसकेको समयमा आर्थिक प्रलोभनमा पारि मतदाता खरिद गर्न सक्ने देखिएको छ ।
आँफुहरुको उपस्थिति कम्जो भएको देखिए पछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण स्वम चितवनमा आएर वसेका छन् । आफ्नो क्षेत्र भएकाले वडामा निर्वाचन हारीयो भने शाख गिर्ने वुझेका दाहालले निार्वचन जुनसुकै हालतमा विजयी हुनुपर्ने वताएका थिए ।

प्रतिक्रिया दिनुहोस !