
चितवनः लायन्स क्लव अफ नारायणगढ मिड टाउन चितवनले गोर्खाको ठूलो आगनमा रहेको गोरखनाथ वैद्धिक गुरुकुल विद्यालयका विद्यार्थीहरुलाई आज न्यानोकपडा वितरण गरेको छ । सो अवसरमा २५ जना विद्यार्थीलाई उनको टोपि र वाक्लो ट्रयाकसुट सेट वितरण गरिएको क्लवका डाईरेक्टर लिलाधर पौडेलले जानकारी दिनुभयो ।
क्लवका संस्थापक अध्यक्ष शिव पण्डीत, अध्यक्ष नवराज फुयाल र डाईरेक्टर पौडेलले गुरुकुलका अध्यक्ष पुरुषोत्तम अर्यालको उपस्थितिमा तीन जना गुरु र २२ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुभएको हो । पौडेलका अनुसार सो गुरुकुलमा वाजुरा, मुगु, कालिकोट, जुम्ला, गोर्खा र चितवनका विद्यार्थी आवासिय रुपमा अध्ययनरत रहेका छन् ।