चितवनः जिल्लामा कार्यरत रोटरी क्लवहरुले आज भरतपुर अस्पतालमा नियमीत उपचारमा रहेका स्पाईनल ईन्जुरीका विरामीहरुलाई निशुल्क हुईलचियर वितरण गरेका छन् । जिल्लामा रहेर समाजीक काम गर्दै आएका रोटरी क्लव अफ भरतपुर, रोटरी क्लव अफ चितवन, रोटरी क्लव अप नारायणगढको संयुक्त आयोजनामा १५ जना विरामीहरुलाई निशुल्क हुईलचियर वितरण गरिएको थियो ।
रोटरी क्लव अफ चितवनका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरुले रोटरी क्लवको सहयोग प्रति धन्यवाद ज्ञापन गरेका थिए । हुईलचियर लिई सके पछि एक विरामी पूर्णकला सुवेदी हिड्न नसके पछि गुड्न सक्ने भएको खुशी व्यक्त गर्दै हुनुहुन्थ्यो । एक वर्ष अघि दुर्घटनामा परि खुट्टामा समस्या भएका कारण हिड्न समेत नसक्ने सुवेदी आँफुलाई समस्या आएको भन्दै उहाँले रोटरीले गरेको सहयोग प्रति धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
कर्यक्रममा बोल्दै भरतपुर अस्पतालका मेडीकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले अस्पतालमा आउने विरामीहरुलाई सहयोगको आवश्यक पर्ने वताउनुभयो । विगतका वर्ष देखि अस्पतालमा रोटरीको सहयोगमा अस्पतालमा स्पाईनल ईन्जुरी संञ्चालनमा रहेको छ । रोथरी क्वल अफ चितवनका अध्यक्ष राजु पा्रडेलको अध्यक्षतमा सम्पन्न कार्यक्रममा भरतपुर अस्पतालका विभिन्न विभाग र स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !