चितवनः पछिल्लो समय नेपाली युवाहरु रोजगारीको शिलशिलामा विदेश पलायन हुने कार्यले नेपाल सम्वृद्ध वन्न नसक्ने विद्यार्थी नेताहरुले वताएका छन् । नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पस वि वि एस दोस्रो वर्ष द्वारा आयोजित शुभकामना आदानप्रदान एवं सांस्कृतिक कार्यक्रम वोल्ने विद्यार्थी नेताहरुले देशमा रहेका जनशक्तिहरु विदेश पलायन हुन रोक्न नसके देश सम्बृद्ध वन्न नसक्ने वताएका हुन ।
विद्यार्थी नेता सुवाष पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा वोल्ने वक्ताहरुले अहिले नेपालको भूमि भारतिय नक्सामा राखिएको विषयमा सरकार गम्भिर नभएको आरोप समेत लगाएका थिए । उनीहरुले सरकारले प्रथामिकता दिन नसक्दा सधै विदेशी शक्तिले नेपाललाई प्रयोगशाला वनाउँने र भूमि मिच्ने काम गर्दै आएको वताएका थिए ।
कार्यक्रममा नेविसंघ चितवनका उपाध्यक्ष अनमोल अधिकारी, जिल्ला सह सचिव रविन खतिवडा, जिल्ला सदस्यहरु कुमार जोशी, अमृत अमगाइ, क्षेत्रीय उपाध्यक्ष आयुष पौडेल विद्यार्थी नेता रमेश कोइराला, सन्देश पराजुली, दिलिप पराजुली, हेमा अधिकारी लगाएतले वोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !