
चितवनः नेपाली जनसम्पर्क समिति बेलिज्यमका महामन्त्रि एवं चितवन सहायता समाज बेल्जियमका निवर्तमान अध्यक्ष दिनेश भण्डारीलाई मातृ शोक परेको छ । भण्डारीकी ममतामयी माता राधिकादेवी भण्डारीको ७६ वर्षको उमेरमा मंगलवार विहान निधन भएको हो ।
नेपाली काग्रेसमा आवद्ध भण्डारी दम रोगबाट ग्रसित थिईन । उनको भण्डारीको उपचारको क्रममा निधन भएको हो । उनको बुधवार देवघाटमा अन्त्यष्टी गरिएको छ । उनको शवमा नेपाली काग्रेस चितवनका उपसभापति कैलाश कोइराला , पूर्व सभापति रामकृष्ण घिमिरे ,भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरी र नेपाली काग्रेस वडा सभापति सत्यमोहन अधिकारीले ले काग्रेसको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए । प्रदेश सभा सदस्य विजय सुवेदीले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।