चितवनः माडी नगरपालिका वडा नम्वर ५ ब्रहम ज्योती आधारभुत निम्न माध्यामिक विद्यालयका शिक्षक कुम्मसिंङ्ग विकलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आफ्नै विद्यालयमा कक्षा ३ मा अध्ययन गर्ने १२ वर्षिया वालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
विकले वालिकालाई आर्थिक प्रलोभन देखाई विगत दुई वर्ष देखि जवरजस्ती करणी गर्ने गरेको प्रहरीले जनाएको छ । घर जाने क्रममा जवरजस्ती करणी गरेको आरोप लागेपछि ईलाका प्रहरी कार्यालय माडीले पक्राउ गरि विकलाई जिल्ला प्रहरी कार्यालयमा पठाएको हो । कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाले विकलाई जिल्ला अदालत चितवनमा जवरजस्ती करणी ऐन अन्तर्गत मुद्धा दायर गरि ५ दिनको समय थप गरि अनुसन्धान भईरहेको वताउनुभयो ।