चितवनः अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि पूर्वि चितवनको एक वोडीङ्ले रु २ लाख भन्दा वढि सहयोग गरेको छ । पश्चिम चितवनको रामपुरमा निमार्णाधिन अन्तराष्ट्रिय रंगशाला निर्माणका लागि खैरहनी नगरपालिका वडा नम्बर ८ मा रहेको डेजी इंग्लिस बोर्डिङ्ग स्कुलले आज (मङ्गलवार) सहयोग रकम हस्तान्तरण गरेको हो ।
निमार्णाधिन रंगशालामा एक कार्यक्रमका विच स्कुलका प्रचार्य प्रेम प्रसाद रिमालले धुर्मुस सुन्तली फाउण्डेसन का अध्यक्ष सिताराम कट्टेललाई दुईलाख ६५ हजार ९ सय ६० रुपैँया नगद हस्तान्तरण गर्नुभएको हो ।
सहयोग रकम हस्तान्तरण गर्दै स्कुलका प्राचार्य रिमालले डेजी स्कुलले जस्तै देशभरका अन्य बिधालयहरुलाई पनि रंगशाला निर्माण अभियानमा हातेमालो गर्न आग्रह गर्नुभयो । कलाकारिता क्षेत्रमा रमाईरहेका सिताराम कट्टेल ९धुर्मुस)र कुञ्जना घिमिरे राष्ट्रका लागि यति ठुलो अभियान सुरु गरेकोमा आभार प्रकट गर्नु भयो । उहाँले सरकारले गर्नुपर्छ भनेर बस्नु भन्दा पनि सबैले आफनो लागी आफुनै सरकार हो भन्ने सोच राखि सहयोग गर्न आग्रह गर्नुभयो ।
रिमालले आगामी दिनमा पनि सहयोग संकलनका लागि बिधालयमा सहयोग पेटिका राखिने उहाँले वताउनुभयो । यस्तै उनले शैक्षिक भ्रमणका लागि चितवन आउने सम्पुर्ण बिधालय तथा कलेजहरुलाई एक पटक रंगशाला अवलोकन गर्न आग्रह गनुभयो ।
सोहि स्कुलमा कक्षा १०मा अध्यनरत एन्जिला सेढाईले निर्माणाधिन रंगशाला सम्पुर्ण नेपालीको सान भएकोले तन मन धन बाट सक्दो सहयोग गर्न आग्रह गनुभयो । उहाँले भन्नुभयो “बिधार्थीहरुले खाजाको पैसा कटाएर सहयोग गरेका छौ भने सम्पुर्ण नेपाली एकजुट भए रंगशाला निर्माण सम्भव हुने छ ।” डेजी स्कुल पनि यो अभियानको हिस्सा बन्न पाएकोमा खुशि ब्यक्त गनुभयो ।
फाउण्डेसनका अध्यक्ष धुर्मुसले सहयोगको लागी डेजी स्कुललाई धन्यवाद दिए। उनले निर्माण स्थलमै उपस्थित भई सहयोग रकम हस्तान्तरण गर्ने डेजी स्कुल नै पहिलो बिधालय भएको बताउनुभयो ।
रंगशाला निर्माण भए संगै खेल क्षेत्रमा आकर्षित विद्यार्थीहरुको भविश्य उज्वल रहेको उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस !