चितवनः जिल्लाको राप्ती नगरपालिकाको पहाडी वडाहरुमा व्यापक मात्रामा गाँजाखेती हुने गरेको पुष्टि भएको छ । भौगोलिक अवस्थाका कारण सुरक्षा निकायको पहुँच पुग्न नसकेको राप्तीको वडा नम्वर १२ र १३ मा अन्य खेती भन्दा गाँजाखेतीले स्थान पाईरहेको देखिन्छ । अन्य खेतिमा भन्दा गाँजा खेतिमा राम्रो आम्दानी हुन थालेपछि त्यस क्षेत्रका जनता गाँजा खेतिमा लागेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
यसै क्रममा जिल्ला प्रहरी कार्यालय चितवनले राप्ती नगरपालिकाको दुई वटा वडामा लगाईएको गाँजा खेति नष्ट गरेको छ । कार्यालयले दिएको जानकारी अनुसार राप्ती नगरपालिका वडा नम्वर १२ र १३ मा ७९ विगाहामा लगाईएको गाँजा नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय र यसका मातहतका ईकाईहरुले ५ दिन लगाएर राप्तीका २ वटा वडामा लगाईएको गाँजा नष्ट गरेको कार्यालयका प्रवक्ता एकनारायण कोईरालाले जानकारी दिनुभयो । कोईरालाका अनुसार यही कार्तिक २० गतेदेखि २४ गतेसम्म ५ दिनमा सो परिणामको गाँजाखेती नष्ट गरेको हो ।
राप्ती १२ र १३ का विभिन्न स्थानमा अवैध रुपमा लगाईएको गाँजाखेती इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरिक्षकको कमाण्डमा खटिएको ६७ जना प्रहरी टोलीले नष्ट गरेको उहाँले वताउनुभयो । पहिलो दिन कार्तिक २१ गते राप्ती १२ को ठकुरी भज्याङमा ८ विगाहा, कार्तिक २२ गते राप्ती १३ को कालिटार, कालिखोलामा २५ विगाहा, कार्तिक २३ गते राप्ती १३ को कालिखोला, धानगिरीमा १६ विगाहा, कार्तिक २४ गते राप्ती १३ को च्युदी, तापन, कालीखोला, धावनगिरीमा ३० विगाहा गरि कुल ७९ विगाहा जग्गामा लगाईएको गाँजाखेती नष्ट गरिएको कार्यालयले जनाएको छ ।
यसै विच प्रहरीले २०७६ साल को बिजया दशमि देखि छट पर्ब सम्म बिभीन्न मिति मा अबैध रुममा निकासी गरी चितवन मा ल्याईएका बिभीन्न प्रकारका विष्फोटक नियन्त्रर्णमा लिई नष्ट गरेको छ । कोईरालाका अनुसार पटका, भूईचम्पा, आतासबाजि जस्ता प्रज्वलनसिल पदार्थहरु अन्दाजि रु १२ लाख मूल्य विस्फोटक जन्य पदार्थ नियन्त्रर्णमा लिई आज नष्ट गरेको हो ।