चितवनः नेपाल प्रेस यूनियन चितवनले यहि कात्तिक ९ गते काग तिहारको दिन शुभकामना आदानप्रदान तथा चियापान समारोह गर्ने भएको छ । प्रेस युनियन चितवनको आज वसेको वैठकले अघिल्लो वर्ष देखि सुरु भएको शुभकामना आदानप्रदान कार्यक्रमलाई निरन्तरता दिदै यस वर्ष पनि गर्न लागेको हो ।
अध्यक्ष अनिल ढकालको अध्यक्षतामा वसेको वैठकले सो कार्यक्रम सम्पन्न गर्नका लागि कार्यसमिति सदस्य हरि पौडेलको संयोजकत्वमा ६ सदसिय उपसमिति गठन गरेको छ । वैठकले यस कार्यक्रमलाई हरेक वर्ष गर्ने गरि निर्णय समेत गरेको सचिव प्रस्ताव सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !