
चितवनः भरतपुर महानगरपालिका वडा नम्वर ११ अमनचोक वाट प्रहरीले शनिवार राति नगद सहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका वडा नम्वर ११ अमनचोक स्थित शिवलाल कुमालको घरवाट जुवा खेलिरहका ८ जनालाई पक्राउ गरिएको हो । उनीहरुको साथवाट रु १ लाख ५० हजार ७५ सहित एक वुक तास वरामत गरिएको प्रहरीले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्वर ११ का ३२ वर्षिय रुपेश कुमाल, ३३ वर्षिय सुबिन कुमाल, ३६ वर्षिय प्रेम पाख्रिन, ३५ वर्षिय उमेश गुरुङ, २६ वर्षिय साजन कुमाल, ३५ वर्षिय सागर कुमाल ईच्छाकामना गाउपालिका वडा नम्वर ७ का ३७ वर्षिय राम ब. मगर र सुर्खेत बिरेन्द्रनगर नगरपालिका वडा नम्वर ११ बस्ने ३४ वर्षिय यम थापामगर रहेका छन् ।
उनीहरु माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरिने कोईरालाले जानकारी दिनुभयो ।
–––––