चितवनः साँझको करिव ८ वजेको हुन्छ । भरतपुर महानगरपालिका वडा नम्वर १० स्थिीत विक्रम मार्ग भन्दा करिव ५ सय मिटर अगाडीवाट सरकारी गाडी एकनासले निस्किन्छन् । अगाडीको गाडीमा महानगरपालिका प्रमुख ,विच्चको गाडीमा प्रमुख जिल्ला अधिकारी र पछाडीको गाडीमा प्रहरी प्रमुख वसेका हुन्छ । त्यहाँवाट निस्किएको गाडी विरेन्द्र क्याम्पस गेट हुँदै महानगरपालिकाको मुख्य वजारहरुको परिक्रमा गरीरहेको हुन्छ ।
केहि वहुमुल्य वस्तु हराए र सो को खोजि गरे जस्तो गरि विस्तारै सडकका दायाँ वायाँमा रहेका पेटीहरुमा हेरीदै गाडीहरु अगाडी वढिरहेका हुन्छ । न त्यहाँ कुनै वहुमुल्य वस्तु हराएको हुन्छ न त कुनै स्वार्थ लुकेको हुन्छ । लुकेको हुन्छत केवल मानवताको भावना । ती गाडीहरु सडकमा वेवारीसे मानव देख्ने वित्तिकै रोकीन्छन् र उनलाई उठाएर मानव सेवा आश्रममा ल्याईन्छ ।
रातको समयमा यहाँको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल सहयोगापेक्षी खोज्दै नारायणगढको सडक क्षेत्रमा पुग्ने गर्नु भएको छ । दिनभरका कार्यक्रम र सेवाग्राहीको चापका कारण थकित हुने भएपनि महानगर क्षेत्रलाई सहयोगापेक्षी सडक मानव मुक्त वनाउनका लागि उहाँ आँफै सडकमा निस्कन सुरु गर्नु भएको हो ।
विगत दुई दिन देखि साँझ अवेरवाट स्थानीय प्रशासन, प्रहरी, मानव सेवा आश्रमका प्रतिनिधि, समाज सेवीहरुको अगुवाई गर्दै दाहाल सहयोगापेक्षी खोज्दै सडमा जाने गर्नु भएको छ । दाहालले भन्नुभयो “अव हामी यसलाई निरन्तरता दिन्छौ ।” आउँदो कात्तिक ९ गते भरतपुर महानगरलाई सहयोगापेक्षी सडक मानव मुक्त भरतपुर महानगर घोषणा गर्ने उहाँको शंकल्प छ । दाहालले भन्नुभयो “ सहयोगापेक्षी सडक मानवमुक्त पहिलो महानगर वनाउन हामी लागि परेका छौ ।”
दुई रातको सडक अनुगमन पछि उहाँले तीन थरी मानिस सडकमा भेटिने गरेको बताउनुभयो । दाहालका अनुसार दुःख पाएका बेशाहारा पहिलो थरी, मानसिक सन्तुलन गुमाएका दोस्रो थरी र नशालु पदार्थ सेवन गरेका तेस्रो थरी मानिस सडकमा हुँदा रहेछन् । ती मध्ये पहिलो चरणमा वेशाहारालाई मुक्त गराउन आँफुहरु लागि परेको उहाँको भनाई छ ।
दोस्रो र तेस्रो तहकालाई पनि सडकमा आउने वातावरण अन्त्य गर्ने दाहालको शंकल्प छ । साँझ झण्डैं आठ वजेवाट दाहाल सहितको टोलि नारायणगढका मुख्य शहरहरुमा पुग्ने गरेको छ ।
सहयोगापेक्षी सडकमानव रहित महानगर घोषणा गर्नका लागि अहिले आन्तरिक तयारी भईरहेको छ । महानगरपालिका भित्रको सडक पेटी र सार्वजनिक स्थानहरुमा नियमित रुपमा सहयोगापेक्षी बेसहारा सडकमानवको रात्रीकालिन अवस्था अध्ययन र उद्दार भईरहेको मानव सेवा आश्रमका संस्थापक केन्द्रिय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।
सोमबारबाट सुरु भएको वजार अनुगमनमा सहयोग पु¥याउन प्रदेश सभा सदस्य विजय सुवेदी पनि सहभागी हुने गर्नु भएको छ । भरतपुर महानगरपालिकाका प्रमुख दाहाल, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, महानगरपालिकाका प्रशासकिय प्रमुख नेत्र सुवेदी, जिल्ला प्रहरी प्रमुख दान बहादुर मल्ल, नेपाली सेनाका प्रमुख सेनानी विज्ञान खनाल, मानवसेवा आश्रमका अभिभावक तथा अभियान्ताहरुको सहभागीतामा अवस्था अध्ययन र उद्दारको काम शुरु गरिएको छ ।
सोमबार पहिलो दिन ४० जनालाई उद्दार गरिएको थियो । ती मध्ये २ जना मात्र वास्तबिक भरतपुरलाई सहयोगापेक्षी बेसहारा सडकमानव रहेका थिए । उनीहरुलाई आश्रमले नै सेवा दिने र बाँकी ३८ जनालाई घर पठाईएको छ । यस्तै दोस्रो दिन गए राती २४ जनालाई उद्दार गरिए पनि उनीहरु कोही पनि सहयोगापेक्षी बेसहारा नरहेको अधिकारीले बताउनुभयो । घोषणा अघि र घोषणा पछी पनि यसरी नै नियमित रुपमा अवस्था अध्ययन र उद्दार गरिने अधिकारीको भनाई छ ।
वि.सं. २०६९ साल भदौ १३ गते मकवानपुरवाट मानव सेवा आश्रमले काम थालेको हो । संस्थापक अध्यक्ष अधिकारीका अनुसार हाल सम्म ७ प्रदेशका १४ जिल्लाका १६ केन्द्र मार्फत सेवा दिईदै आएको छ । ती केन्द्रहरुमा ८ सय जनाले संरक्षकत्व पाईरहेका छन् । चितवन जिल्लामा चार वर्षमा ५ सय जना भन्दा वढिलाई उद्धार गरिएको अधिकारीको भनाई छ ।
मानव सेवा आश्रमको सहयोगमा यस अघि गोर्खा नगरपालिका, मकवानपुर जिल्ला, पाल्पाको सिद्धवावा मन्दिर क्षेत्र, वुटवलको सिद्धवावा धाम क्षेत्र र काठमाडौंको पशुपति मन्दिर क्षेत्रलाई सहयोगापेक्षी सडक मानव मुक्त क्षेत्र घोषणा गरिएको छ । स्थानीय तह र सरोकारवाला संघ संस्थाको अगुवाईमा ती क्षेत्रहरुलाई सहयोगापेक्षी सडक मानव मुक्त वनाईएको हो ।

प्रतिक्रिया दिनुहोस !