सर्वाधिक पुरस्कार राशीको विकास शिल्ड

चितवनः जिल्लामानै सर्वाधिन पुरस्कार राशी भएको फुटवल प्रतियोगिता बिकास रनिङ् शिल्ड प्रतियोगिताको तयारी पुरा भएको छ । नारायणगढको क्याम्पाचौरमा असोज ३० गतेबाट सुरु हुने राष्ट्रिय स्तरको फूटबल प्रतियोगिता विकास रनिङ् शिल्डको तयारी पूरा भएको छ । आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले तयारी पूरा भएको जनाएको हो । यहाँ हुँदै आएका दुई वटा प्रतियोगितालाई संयुक्त रुपमा ‘टुबोर्ग जेसीज विकास रनिङ शिल्ड–२०७६’ नामाकरण गरी आयोजना गर्न लागिएको हो ।

कात्तिक ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको विकास शिल्ड समितिका मूल संयोजक कपिल श्रेष्ठले जानकारी दिनुभयो ।

नारायणगढ जेसीजको आयोजना, चितवन जिल्ला फुटबल संघको सहआयोजना र समितिको सहयोगमा हुन लागेको सो प्रतियोगितामा “ए” डिभिजनका सहित १० वटा राष्ट्रिय टिम सहभागी हुनेछन् । नारायणगढ जेसीजका अध्यक्ष विकासमान श्रेष्ठका अनुसार मैदान सम्याउने र दुबो हरियो बनाउने काम सकिएको छ । चारैतिर बार लगाइएको छ । दर्शकलाई बस्न सहज होस् भन्नका लागि मैदानको पश्चिमतर्फ अस्थायी प्याराफिट बनाइएको छ । जसमा १ हजार ५ सय दर्शक बस्न सक्ने क्षमता रहेको छ । प्रतियोगिताका लागि बनाइएका १६ उपसमितिहरुले सबै तयारी अन्तिम चरणमा पु¥याएको प्रतियोगिता संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा ‘ए’ डिभिजनका सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, जावलाखेल युथ क्लब, सरस्वती क्लब, फ्रेण्ड्स क्लब, संकटा क्लब, चितवन ११, मकवानपुर ११ र भारतको युनाईटेड दार्जलिङबीच प्रतिस्पर्धा हुनेछ । खेललाई दुई समूहमा विभाजन गरिएको छ । समूह “क”मा चितवन ११, झापा ११, सशस्त्र, मकवानपुर ११ र नेपाल आर्मी रहेका छन् । समूह “ख” मा संकटा, सरस्वती, पुलिस, जावलाखेल र युनाईटेड रहेका छन् ।

प्रतियोगिताको विजेताले रु ६ लाख ६ हजार ६६, शिल्ड र उपविजेताले रु ३ लाख ३ हजार ३३ र शिल्ड प्राप्त गर्ने छ । प्रतियोगिता अवलोकनका लागि पहिलो चरणमा एक सय र दुई सय रुपैयाँको टिकट व्यवस्था गरिएको छ । क्वाटरफाइनलपछि भने टिकट दर फरक पर्ने प्रचारप्रसार संयोजक सूर्यभक्त अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार प्रतियोगिताको ६० हजार दर्शकले प्रतियोगिताको अवलोकन गर्ने छन् ।

यो प्रतियोगितामा झण्डै ४ दशक अघिको विकास रनिङ शिल्ड र दुई वर्ष अघि सुरु भएको जेसीज कप फूटबल प्रतियोगिता मिलाएर यस पटक संयुक्तरुपमा जेसीज विकास रनिङ शिल्ड गर्न लागिएको हो ।