चितवनः भरतपुर महानगरपालिका वडा नम्वर १८ र १६ मा जनता कुखुराको सुलीका कारण आक्रान्त वन्दै गरेका जनतालाई केहि मात्रामा भए पनि राहत महशुश गर्न थालेका छन् । त्यहाँ रहेको अविनाश ह्याचरीमा रहेका कुखुराको सुली खुल्ला चौरमा डम्पिङ्ग गर्दा त्यहाँका जनताले निकै सास्ती र दुर्गन्ध खेप्नु परेको थियो । तर अहिले भने ह्याचरीले सुली प्रशोधनका लागि उपकरण जडान गरे संगै त्यहाँका जनताले राहातको महशुस गरेका हुन् ।
ह्याचरीले कुखुराको सुली प्रशोधन गरि प्राङ्गारीक मल उत्पादन थालेपछि यहाँका जनतामा सुलिको दुर्गन्धका कारण हुने समस्या टरेको हो । यहाँको ह्याचरीले तीन स्थानमा रहेका कुखुरा फार्ममा सुली प्रशोधन उपकरण जडान गरि प्राङ्गारीक मल उत्पादन सुरु गरेको छ । यस अघि तीनै स्थानमा सुलीको दुर्गन्धका कारण स्थानीय आन्दोलित वनेका थिए ।


ह्याचरीले जर्मनी प्रविधि नेपालमा भित्र्याएर कुखुराको शुलीलाई प्रशोधन गरी प्राङ्गारीक मल उत्पादन थालेको हो । यस मललाई केहिदिनमानै वजारमा ल्याउने जनाईएको छ । नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टका पोल्ट्री फार्महरुमा उपकरण जडान गरिएको हो । भरतपुर महानगरपालिका वडा नम्वर १६ को शरणपुर, वडा नम्वर १८ को गाँजीपुर र नवलपुरको वेल्डियामा रहेका कुखुरा फर्ममा ती उपकरण जडान गरिएको विष्टले जानकारी दिनुभयो ।
विष्टका अनुसार पहिलो चरणमा कुखुराको शुलीलाई खोरवाट प्रशोधन केन्द्रमा पु¥याएर सुकाएर गन्ध हटाउने गरिन्छ । सो पश्चात सुलीलाई प्रशोधन गरि प्राङ्गारीक मल वनाईन्छ । यसरी उत्पादीत मललाई प्याकेजिङ् गरी कृषककोमा पु¥याउने लक्ष्य राखिएको छ । यो मल विशेष गरि केरा, चिया र अलैचि खेतिमा प्रयोग गरिने उहाँले जानकारी दिनुभयो ।
यसरी प्रशोधन गरिए पछि वातावरणमा समेत असर नहुने गरि त्यसको गन्धलाई समेत हटाएर वाहिर ल्याईने उहाँको भनाई छ । अहिले कुखुरा पालक कृषक तथा व्यवसायीहरुलाई सुली व्यवस्थापन निकै कठिन हुने गरेको भन्दै उहाँले यो प्रविधिवाट राहत महशुस हुने वताउनु भयो । कुखुरा पालक कृषक र व्यवसायीमा हाल सुली व्यवस्थापन निकै कठिन र चुनौतिपूर्ण वन्दै गएको छ । यसलाई मध्येनजर गर्दै यो उपकरण जडान गरिएको हो ।
यसवाट उत्पादीत प्राङ्गारीक मललाई अन्य वालिमा समेत प्रयोग गर्न सकीने गरी तयार गरिने छ ।

ह्याचरीका तीन स्थानमा रहेका फर्ममा दैनिक ३÷३ ट्याक्टर शुली उत्पादन हुँदै आएको छ । गाँजीपुरमा १ लाख लेयर्स, शरणपुरमा ६० हजार लेयर्स प्यारेन्ट र वेल्डीयामा ९० हजार व्रोईलर प्यारेन्ट रहेका छन् । त्यसवाट दैनिक २० देखि ३० टन प्रशोधित मल उत्पादन हुने विष्टले जानकारी दिनुभयो । यस प्रशोधन उपकरणले दैनिक १ सय ५० टन सम्म मल उत्पादन गर्न सक्ने उहाँले वताउनु भयो ।
नेपालमा पहिलो पटक भित्र्याईएको भनिएको ती उपकरण रु १५ करोडमा जडान गरिएको विष्टले जानकारी दिनुभयो । सो प्रविधिको गाँजीपुरमा रहेको उपकरणबाट उत्पादन थालनीको औपचारीक सुभारम्भ सोमवार साँझ भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस !